2026 June 06/ 08:39: 03am

    पनौती/पनौती नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति समिक्षा गोष्ठी तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले स्थायी सरकारका कारण विकासको ढोका खुलेकाले विकासमा सबै सहभागि भई मुलुकलाई सम्वृद्ध बनाउनु पर्ने बताए । कार्यक्रममा नगरपाकिाका प्रमुख भिम न्यौपानेले गत वर्ष जनप्रतिनिधिको शुरुको बर्ष भएकाले केहि योजना सम्पन्न हुन नसके पनि आगामी बर्ष सबै योजनाहरु सम्पन्न हुने बताए । जनताले महशुस हुने गरी योजना सहितको विकास र जनताका कामहरु अगाडी बढाएकाले नगरवासीहरुलाई केही गुनासा सुझाब भए कार्यलयमा आएर राख्न आफ्ना वडाहरुमा विकास निमार्णमा सघाउन आग्रह गरेका थिए । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत विजयराज पौडेल, प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारी, नगरका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य, नगरवासी, विभागिय कर्मचारी लगायतको सहभागिता रहेको थियो ।