2026 June 06/ 08:39: 25am

बनेपा/विजया दशमी २०७५ को अवसर पारेर बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले गत शनिबार ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका १ सय २८ जना सदस्यलाई सम्मान गरिएको हो । संस्थाका संचालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरू सम्मिलित टोली बनाएर सदस्यहरूको टोल टोलमा र अशक्त सदस्यको हकमा घरमा नै गई ज्येष्ठ नागरिकहरुमा दशैं, तिहारको शुभकामना सहित सम्मान प्रदान गरिएको हो । संस्थाले कार्यक्रमको लागि छुट्याईएको बजेट सँगसँगै सहयोगीहरूबाट संकलन गरिएको रकम समेतबाट सम्मानित हुने ज्येष्ठ नागरिकहरूलाई नगद रू.३ सय सहित ऊनीको ओढ्ने, टोपी, टावल र टर्च लाइट उपहार प्रदान गरिएको थियो । संस्थाले विगत १५ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।