2026 June 06/ 08:39: 03am

    धुलिखेल/सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैकका प्रवन्ध संचालक केवी उप्रेतीको प्रमुख आतिथ्यता तथा अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप्रेतीले गरिवी निवारणमा सहकारीले निभाएको भूमिका सहनिय भएको बताउँदै स्थानीय सरकार र सहकारी विचको सहकार्य अनिवार्य भएको जानकारी गराए । स्थानीय सरकारहरुको लक्ष्य र सहकारीको उदेश्य धेरै हदसम्म मिल्ने भएकाले सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, नेपाल पत्रकार महासघं काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, बहुउद्देश्यीय सहकारी संघका जिल्ला सचिव योगराज दाहाल, जिल्ला सहकारी संघका संचालक ठाकुरनाथ अधिकारी, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्मराम थापा, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    सचिव प्रल्हाद प्याकुरेलको बार्षिक प्रतिवेदन रहेको सभामा कोषाध्यक्ष पुरुषोतम शर्मा र लेखा संयोजक गणेश रोकाय लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेश मानन्धरको स्वागत मन्तब्य र विदुर गौतमको संचालन रहेको सभामा संस्थाले १ हजार ७४ सदस्य मार्फत ६५ लाख ५२ हजार शेयर पुँजी संकलन गरेको छ । १ करोड ७९ लाख ९० हजार निक्षेप संकलन गरेको सहकारीले २ करोड ८६ हजार ऋण लगानी गरेको छ । सहकारीले लघु उद्यम मार्फत शेयर सदस्यहरुलाई उद्यम बनाउन, बहुउद्देश्यीय मार्फत ब्यवसाय र ब्यवसाय मार्फत सम्वृद्ध बनाउन निरन्तर लागिरहेको अध्यक्ष दिलिप शर्माले बताए । सहकारीको बन्द सत्रले नयाँ समिति चयन गरेको छ । सभामा उत्कृष्ट ऋणी, उत्कृष्ट बचकर्ता, बाल बचतकर्ता, सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । एसईई उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।