2026 June 06/ 08:38: 33am

    बनेपा/पानस बचत तथा ऋण सहकारी संस्था लि.को १० औ वार्षिक साधारण सभा जिल्ला सहकारी सघं लि का अध्यक्ष विनोद पराजुलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी पराजुलीले सहकारीहरुले सदस्यहरुलाई सके सम्म बढि सेवा सुविधा दिनु पर्ने बताए । सहकारीहरुले कारोबार मात्र होईन उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने पराजुलीले  बताए । कार्यक्रममा संस्थाको आ.व २०७४÷०७५ को वार्षिक प्रतिबेदन सचिब पुष्कर रजिंतकारले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन बैधले पेश गरेका थिए । त्यसै गरी लेखा तथा सुपरिवेक्षण समितीको प्रतिबेदन संयोजक हरिगोपाल बैधले पेश गरेका थिए । संस्थाको शेयर पुँजी ५८ लाख २८ हजार ४ सय, बचत ६ करोड ७५ लाख ५६ हजार, ऋण लगानी ५ करोड ३० लाख ७९ हजार ३ सय ८६ रहेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुवाष बैध, युवा साकोसका उपाध्यक्ष भिम शर्मा, मञ्जु श्री साकोसका सचिब शरण मानन्धर, पिपुल्स साकोसका सञ्चालक सदस्य मन्जु कायस्थ, उमङ्ग साकोसका अध्यक्ष उमेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले आयोजना गरेको सामाजिक कार्य अन्तर्गत चित्रकला प्रतियोगितामा भाग लिएका उत्कृट १० विद्यार्थीहरु, उत्कृष्ट १० बाल बचत कर्ता, उत्कृष्ट ऋणी शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शुसन राजबंशिको सभापतित्वमा सम्पन्न भएको थियो ।