2026 June 06/ 08:38: 32am

नयाँ समितिले काम शुरु ग-यो
    बनेपा/जिल्लाकै धेरै सदस्यहरु र पुँजी संकलन गरेको विन्धबासिनी सहकारीको २५ औ साधारण सभा क्षेत्रिय स्तरमा सम्पन्न भएका छन् । 
    असोज १९ र २० गते दुई दिन आयोजना गरिएको सभामा सहभागि बक्ताहरुले सहकारी अभियानले जिल्लाको सम्वृद्ध हुने विचार ब्यक्त गरेका थिए । खोपासीमा भएको सभाको अध्यक्षता अध्यक्ष प्रदिप थापाले गरेका थिए भने प्रमुख अतिथी पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा थिईन् । त्यस्तै पनौतीमा आयोजित सभामा अध्यक्षता सचिव रामशरण भण्डारीले गरेका थिए । सोहि कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपाने थिए । बनेपामा उपाध्यक्ष जानुकादेवी भण्डारीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी प्रमुख अतिथी थिए । बेथाञ्चोक गाउँपालिकामा आयोजित सभामा अध्यक्षता अध्यक्ष प्रदिप थापाले गरेका थिए । प्रमुख अतिथी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना रहेका थिए । त्यस्तै पाँचखालमा सचिव रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख महेश खरेल प्रमुख अतिथी रहेका थिए । नमोबुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा आयोजना भएको सभामा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना प्रमुख अतिथी रहेका थिए । 
    जिल्लामै पहिलो पटक ६ स्थानमा साधारण सभा गरी संस्थाले नयाँ इतिहास कायम गरेको छ । बनेपाको बुडोल सामुदायिक साकोसले पनि पहिलो पटक यस अघि क्षेत्रिय सभा आयोजना गरेको थियो । संस्थाले कार्यालय बीच इन्टरलिंक गरी एविविएस सेवा, मोवाईल बैकिङ्ग सेवा, एटिएम सेवा, डिजिटल हाजिरी, सदस्यहरुलाई नियमिन रुपमा सु–सुचित गर्न त्रैमासिक बुलेटिन प्रकाशन, एसएमएस सेवा, शेयर सदस्य वडापत्र जस्ता कार्यक्रम गरिरहेको छ । विशेष औषधी उपचार कोष र विपद ब्यवस्थापन कोषको स्थापना गरी ३ वटा सहकारी संस्था सँग एकिकरण गरेको छ । चारवटा सेवा केन्द्र स्थापना, ६ वटा बैकिङ्ग कार्यालय समेत ११ वटा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा १३ सय ७८ समुह, ६६ सय ७२ शैक्षिक बालबचतकर्ता र २९ हजार १ सय २८ शेयर सदस्य गरी ३५ हजार ८ सय सेवाग्रहिलाई सेवा प्रदान गरेको छ । २३ करोड ६७ लाख ३५ हजार ४ सय शेयर पुँजी, १ अर्ब ६७ करोड ८६ लाख ५३ हजार ५ सय बचत संकलन गरेको छ । १ अर्ब ८३ करोड ५२ लाख ५९ हजार ऋण लगानी गरेको उक्त सहकारीले ८ करोड ५६ लाख १५ हजार रुपैया मुनापाmा गरेको छ । एशियाली ऋण महासंघ, राष्ट्रिय स्तरका उत्कृष्ट ब्यवस्थापक, मध्यमाञ्चल स्तरमा उत्कृष्ट सहकारी लगायतका पुरस्कार प्राप्त गरेको सहकारी विन्धबासिनीले जिल्लाको वित्तिय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको ब्यवस्थापक केवी लामाले बताए । सचिव रामशरण भण्डारी, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ, लेखा संयोजक सुन्दर श्रेष्ठको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । 
    यस अघि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । कार्यक्रम अनुसार शंशोधित विधान र सहकारी नियम अनुसार अध्यक्ष प्रदिप थापाकै अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको थियो । समितिमा उपाध्यक्ष भिमसेनप्रसाद सापकोटा, सचिव रामशरण भण्डारी, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ निर्विरोध भएका छन् । संचालक सदस्यहरुमा राजेन्द्रप्रसाद गुरागाई, भिमबहादुर केसी, भवनाथ तिमल्सिना, डोरेन्द्र सापकोटा र गोविन्दप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै  असजथा अधिकारी, देवकी हुमागाई, पुनम घिमीरे कार्की र निर्मला दाहाल चौलागाई रहेका छन् । त्यस्तै लेखा समिति संयोजक सुन्दर श्रेष्ठ र सदस्यहरुमा शुशिला कतिला बादे र रामकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।