बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखा उत्कृष्ट भएको छ । महासंघको केन्द्रिय साधारण सभामा उत्कृष्ट शाखाका रुपमा काभ्रे सम्मानित भएको हो ।
गण्डकी प्रदेशको पोखरामा फागुन ९ र १० गते सम्पन्न सभामा काभ्रे शाखा उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिए । सभामुख कृष्णबहादु्र महरा, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, पर्यटन मन्त्री रविन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, प्रदेश सरकारका मन्त्रीहरु लगायतले शाखा अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । जिल्ला शाखाका गतिविधिहरु उत्कृष्ट भएको भन्दै काभ्रे शाखालाई सम्मान गरेको महासचिव रमेश विष्टले बताए । महासंघ काभ्रे शाखाले स्मारिका प्रकाशन, रजत महोत्सव आयोजना, पुर्व अध्यक्षहरुको सम्मान, सस्थपाकहरुको सम्मान, क्षमता अभिबृद्धी तालिम, पत्रकारहरुको पेशागत हक हितको सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । श्रमजीवि पत्रकारहरुको हक हितका लागि संचारमाध्यमहरुको ध्यानार्कषण, संचारमाध्यमहरुको विकासका लागि विज्ञापनमा एकरुपता, विज्ञापन दर रेट कायम जस्ता विभिन्न गतिविधिहरु शाखाले आयोजना गरेको थियो ।
कृयाशिल शाखाका रुपमा सम्मानित भएको काभ्रे शाखाले आगामी दिनमा अझै सदस्यहरुको हितका लागि कार्य गर्ने शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । साधारण सभा सँगै विद्यान सम्मेलन पोखरामा सम्पन्न भएको छ । पहिलो पटक नेपाल पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय गरेको छ । यसअघि फरक फरक समयमा १० जना सदस्य बराबर एक पार्षद चुनिने ब्यवस्था थियो । एकै दिन तीन तहकै निर्वाचन हुनेछ । जसले महासघलाई शुद्धिकरण गर्न सहयोग पु¥याउने छ ।









