2026 June 06/ 08:38: 34am

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानको १६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम अध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालयले विगतमा गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै आगामी दिनमा अझै विद्यालयको शैक्षिक गुणस्तरका लागि अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।
    कार्यक्रममा प्रवन्ध संचालक प्रताप बैद्यले विद्यालयले निम्न आय स्तर भएका १ सय विद्यार्थीहरुका लागि बार्षिक २५ लाख भन्दा धेरै छात्रवृत्ति उपलब्ध गराएको बताए । प्रतिष्ठानले शैक्षिक सँगसँगै सामाजिक अभियानमा पनि भूमिका खेलेको उल्लेख गर्दै प्रवन्ध संचालक बैद्यले शिक्षा सदन मावीमा अध्ययन गर्ने छात्र राजु रखाल मगरको उपचारमा सहयोग प्रदान गरेको, बेथान्चोक नारायण आधारभुत विद्यालयमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री उपलब्ध गराएको, शिक्षकहरुको नेतृत्व विकासका लागि तालिमहरु प्रदान गरिएको बताए । विद्यार्थी केन्द्रित कार्यक्रमहरु नैतिक, ब्यवहारिक तथा ब्यवसायीक शिक्षाका साथै नृत्य, गायन, खेलकुद, पौडी, धार्मिक, सांस्कृतिक, सामाजिक, साहित्यीक, चित्रकला, बक्तृत्वकला, हाजिरी जवाफ, सामान्य ज्ञान, कविता, कथा, नाटक जस्ता विविध कृयाकलापमा सहभागि गराएको बताए । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये विविएस चौथो वर्षको परिक्षामा ७२ प्रतिशत ल्याई अनुजा देवजु र समिता हुमागाई जिल्ला प्रथम भएकी थिए भने ६९ प्रतिशत ल्र्या जिल्ला दोश्रो सोहि प्रतिष्ठानबाट सनिसा विष्ट भईन् ।
    त्यस्तै एमविएस तर्फ प्रथम सेमेस्टरमा ३.७५ जिपिए ल्याई कञ्चन दाहाल जिल्ला प्रथम भएका छन् । ३(७२ जिपिए ल्याउने रामी रञ्जित जिल्ला दोश्रो, दिपा श्रेष्ठ ३.६१ जिपिए र जस्मिन कपाली ३.६१ जिपिए ल्याई जिल्ला तेश्रो भएका छन् । २०७१ सालको एसएलसी परिक्षामा उतिर्ण विद्यार्थी उत्तम विष्टले विई चौथो वर्षमा केमिकल इन्जिनियरिङ्ग तर्फ काठमाडौ विश्वविद्यालयमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्रिवीका सिम्याट परिक्षामा समेत प्रतिष्ठानमा अध्ययनरत छात्रा सपना रञ्जित प्रथम भएकी थिईन् । शिक्षा विशेषज्ञद्वारा विद्यालय तथा अध्ययन अध्यापनको निरिक्षण गराउँदै अगाडी बढेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विद्यार्थीहरुका लागि भौतिक संरचनासँगै कुशल ब्यवस्थापन, शिक्षण सिकाई पद्धती, विद्यार्थीहरुको अनुशासन, आन्तरिक प्रतिभा प्रस्फुटन,सरसफाई, नेतृत्व क्षमता विकास, अतिरिक्त कृयाकलाप लगायतमा विशेष जोड दिएको अध्यक्ष सुरकृष्ण बैद्यले जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानले संचालन गरेको कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलगाई, सहायक प्रिन्सिपल जेन वादेले विद्यालयका बारेमा जानकारी दिएका थिए ।
    कार्यक्रममा विद्यालयका संचालक आत्मराम थापा, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, वडा अध्यक्षहरु श्याम श्रेष्ठ, दानबहादुर मानन्धर, विद्यार्थीहरु निर्जला केसी, राजबाबु शाह, दिक्षा थापा, अभिभावक रमेश श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । अभिभावक दिवसमा विद्यालयले हरेक वर्ष गर्दै आएको गुरुहरु सम्मान कार्यक्रम अन्र्तगत यस वर्ष रत्नप्रसाद कायश्थ, नारायणप्रसाद बैद्य, नारायणकृष्ण बादे र जुजुभाई पोटेलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुका लागि आयोजना गरिएको खेलकुद सप्ताह, साहित्यीक सप्ताह, स्टुडेन्ट अफ द ईएरमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।