2026 June 06/ 08:41: 38am

    अवैद्य धनलाई बैद्य बनाउने नयाँ तरिकालाई अदालतले बैद्यानिक बनाई दिने भएको छ । यसअघि यस्ता थुप्रै कागजहरु अदालतबाट बैद्य बनाई अबैद्य धनलाई बैद्य बनाईएको रहस्य खुलेको छ । जिल्लामा यस्ता घटना बढ्न थालेका छन् ।
    काठमाडौ जिल्ला अदालतमा २०७५ साल पौष ८ गते लेनदेन सम्वन्धी फिराद दर्ता भयो । काठमाडौ महानगरपालिका वडा नम्वर ९ बस्ने शान्ता ओझाले काठमाडौ महानगरपालिका वडा नम्वर ३२ वस्ने ४५ बर्षिया जानुकाकुमारी पोखरेल विरुद्ध मुद्दा दर्ता गरेकी थिईन् । त्यो भन्दा केहि महिना अघि शान्ता ओझा विरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागमा उजुरी परेको हो । उनिहरु दुबै सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारी भएर सधै मालदार अड्डामा रमाउने ओझा र पोखरेल बीच एउटा नक्कली कागज तयार भयो । जुन कागज अहिले ओझाको पासो बनेको छ । सम्पति शुद्धिकरणले ओझाको सम्पति र पाखरेलले कमाएको सम्पति छानविन गर्ने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागमा परेको उजुरी र काठमाडौ जिल्ला अदालतमा परेको मुद्धाबाट अबैद्य धनलाई बैधानिकता बनाउन भएको प्रयासको रहस्य खुलेको छ ।
    शान्ता ओझा रापअन प्रथम श्रेणीका निम्न स्तरकी सरकारी कर्मचारी हुन् । २०५३ साल कार्तिक ११ गते रापअनं द्धितिय श्रेणीमा सेवा प्रवेश गरी २०६४ चैत्र ३ गते रापअनं प्रथम श्रेणी महिला कार्यकर्ता पदमा बढुवा भईन् । हालसम्म उनि सोहि पदमा कार्यरत छिन् । शुरु नियुक्ति २०५३ कार्तिक ११ देखि हाल सम्म उनको तलब भत्ता शत प्रतिशत बचत भएको मान्दा पनि ५० लाख पुग्दैन । त्यो पनि घरमै जम्मा गरेर राखेका नगद ५० लाख । तर उनले जानकुकुमारी पोखरेललाई २०७३ साल पौष ६ गते नगदै ५० लाख ऋण दिएको कागज बनाएकी छिन् । ओझाको जमिन र घर विक्री गरेर पनि ५० लाख आएको छैन । ऋण लगानी गर्दा उनले कुनै बैक र सहकारी देखाएकी छैनन । बैक र सहकारीमा जम्मा गरेर राखेको रकम पनि होईन त्यो । कहाँबाट कसरी दिईन् ओझाले त्यो ऋण ? सम्पति शुद्धिकरण र अख्तियारको टाउको दुखाई त्यहि विषय बनेको छ । उनको नाममा कामनपा ९ मा कित्ता नम्वर ५६७ को १२७.९७ बर्ग मिटर अथार्त ४ आना क्षेत्रफलको र काजि साविक काजि साल्खा ८ मा कित्ता नम्वर ७८ मा २–८–२–० क्षेत्रफलको जग्गा छ । यि जग्गाबाट पनि उनको आम्दानी भएको छैन । उनको नाममा कुनै फर्म,क म्पनी, ब्यापार, ब्यवसाय दर्ता भएको छैन र बचत पनि भएको छैन । उनले कमाएको ५० लाख रुपैयाको कुनैै पनि कर आयकर तथा लाभकर पनि देखिदैन । ५० लाखको तमसुख चलन चल्तिको नेपाली रुपैया कसरी प्राप्त भयो ? श्रोत पनि खुलेको छैन ।
    नेपाल सरकारले १० लाख भन्दा बढीको कारोवार बैकिङ्ग प्रणालीबाट मात्र गर्नु पर्ने अनिवार्य ब्यवस्था गरिएको छ । ५० लाख रुपैया नगदै घरमा राखेको कुरा कसरी विश्वासयोग्य हुन सक्छ । त्यसको रहस्य के हो ? राखेकै रहेछ भने उक्त रकम बैद्यानिक हुन सक्छ ? शान्ता ओझाका पति जगदिश बस्ताकोटीको न्यू आरति ट्रेडर्स नामको प्राईभेट फर्म छ । बाणिज्य विभागमा दर्ता भएको फर्मको कुल पुँजी १० लाख रुपैया मात्रै छ । स्थानीय ब्यापार गर्ने फर्मले समेत आम्दानी गरेको र कर तिरेको छैन । कर कार्यालय बत्तिसपुतली काठमाडौमा उक्त विवरण सुरक्षित छ ।