2026 June 06/ 08:41: 07am

पर्यटन प्रवद्र्धनमा धुलिखेलको फड्को
लक्ष्मण तिमल्सिना
धुलिखेल

    धुलिखेल नगरपालिकाले स्थापनाको ३३ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गरिएको छ ।
    सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगरको स्तम्भ सार्वजनिक गर्दै स्मारिका विमोचन गरे । त्यस्तै नगरका विभिन्न कार्यहरुमा सहभागी तथा नगरको विकासका लागि आफ्नो क्षेत्रबाट योगदान पु¥याउने विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गरे । स्थापना दिवसको अवसर पारेर कोरियाको उल्जेन नगरपालिका र धुलिखेल नगरपालिका बीच भगिनी सम्वन्ध विस्तारका लागि हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु र उल्जेन नगरका प्रमुख बीच सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए । नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए देखि हालसम्म गरेका निर्णयहरुको पुस्तिका सार्वजनिक गरेका थिए । नगरपालिकाले नेपालमै पहिलो पटक एशिया प्यासिफिक शहरहरुको सदस्यता पर्यटन प्रर्वद्धनका लागि बुसनका जनरल अफ टिपिओ किम शो ईलले सदस्यता प्रदान गरेका थिए । सदस्यता प्राप्तिले पर्यटकीय क्षेत्रका हिसाबले धुलिखेलको विकासमा टेवा पुग्ने बताईएको छ । उपप्रमुख विमला शर्माले नगरपालिकाले जारी गरेका ऐन, नियम, संग्रह सार्वजनिक गरेकी थिईन् ।
    स्थापना दिवसको अवसर पारेर नगरपालिकाले धुलिखेल रत्न काठमाडौ विश्वविद्यालयका संस्थापक कुलपति डा. सुरेशराज शर्मालाई प्रदान गरेको छ भने धुलिखेल नक्षत्र ‘क’ बाट समाजसेवी देवमन्दिल खोँजु, बरिष्ठ कलाकार गौरीशंकर धुजु, पूर्व जनप्रतिनिधि साधुराम बडाललाई सम्मान गरिएको थियो । त्यस्तै पूर्वाधार विकासमा डिएफआईडी समाज सेवा ‘ख’बाट पुरस्कृत भएको छ भने साझेदार संस्था एसआईएस, साहित्यकार श्री शर्मा मुर्ख, कृषि बैज्ञानिक सुर्यप्रसाद पाण्डे, होटल ब्यवसायी प्रेमकण्ठ श्रेष्ठ, सगरमाथा आरोहि लक्मी तामाङ, पत्रकार रमा दाहाल, लोक कलाकार सावित्री रानामगर लगायतलाई समाज सेवा ‘ख’ बाट पुरस्कृत गरिएको छ । सम्पदा संरक्षक डा.सुसनी भोन डेर हाईड, वातावरण संरक्षक सुनप्रसाद माकजु, खेलाडी सुनिल तामाङ, करदाता रमेश हमाल, उद्यमी श्रीकृष्ण कोईराला, कृषक समुह आलिक कृषक समुह, कृषक सिताराम भट्टराई, हुर्खा टोल विकास संस्था, पिपलबोट भट्टेडाँडा काभ्रे भन्ज्याङ्ग उपभोक्ता समिति, अटल पाँचकुण्ड सहकारी, धुलिखेल महिला बहुउदेश्यिय सहकारी, केशव बडाल पातलेखत होमस्टे प्राली, जागरण बाल क्लव, विनायक बाल विकास केन्द्र, श्रीखण्डपुर शहरी स्वास्थ्य केन्द्र, मेलमिलापकर्ता योगलक्ष्मी श्रेष्ठलाई समाज सेवा ‘ख’ बाट पुरस्कृत गरिएको छ । त्यस्तै शिक्षक जयराम श्रेष्ठ, कर्मचारी सन्दिप केसी, स्वास्थ्यकर्मी सुदनभक्त प्रधान, प्राविधिक श्रीकृष्ण मानन्धर, वडा सचिव महेन्द्र राउत, कास धुर्वबहादुर कार्की स्वयवंसेवीका इश्वरी धिमाल लगायतलाई जनसेवा ‘ख’ बाट सम्मान गरिएको छ ।
    कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मुलुकको विकास र समृद्धिका लागि सरकारले निरन्तर काम गरिरहेको बताए । मन्त्री बास्कोटाले सबै नेपाली तथा अन्र्तराष्ट्रिय सम्बन्धहरुसँग मिलेर नेपालको समग्र विकास निर्माणका लागि अगाडि बढी रहेको बताए । समावेशिताको आधारित लोकतन्त्र स्थापना गरेको बताउँदै नेपाल निर्माणको चरणमा जुटेको बताए । दक्षिण कोरियाको उल्जिन शहरसँग धुलिखेल नगरपालिकाले भगिनी सम्बन्ध राखेकोमा खुशी व्यक्त गर्दै मन्त्री बास्कोटाले बास्कोटाले दुई नगरको सम्बन्धले सम्वृद्ध नेपालको यात्रामा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा कोरिया स्थित उल्जेन शहरका प्रमुख जोन छान गोल, बुसन शहरका किम सो ईल, प्रोफेसर डा. जोङ्ग क्यू लि लगायतले धुलिखेल र कोरिया बीचको सम्वन्ध प्रगाढ बनाई विकास र सम्वृद्धमा लाग्ने बताए ।
    कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल नगरपालिकाले गरिरहेको विकास निमार्णको जानकारी गराएका थिए । स्थापना दिवसको अवसर पारी आयोजना गरिएको विशाल ¥यालीमा विभिन्न सँस्कृति झल्कने झाँकी सहित धुलिखेल नगर परिक्रममा गरिएको थियो । धुलिखेल नगरमा १५–५९ उमेर समुहमा ९७ प्रतिशत नागरिक शिक्षित रहेकाले नगरलाई साक्षर नगर घोषणा गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

निर्वाचन पछिका उपलब्धी
    नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने, एकीकृत नगर विकास योजना तर्जुमा गर्ने, सम्पूर्ण धुलिखेलबासीलाई स्वच्छ खानेपानी पु¥याउने, धुलिखेललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, धुलिखेललाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न, आकर्षक आवास केन्द्रको रुपमा विकास गर्ने,   फोहरमैलाको दिगो ब्यवस्थापनको लागि ल्याण्डफिलसाइट, ढल प्रशोधन केन्द्र निर्माण तथा घरबाट उत्सर्जन हुने फाहोेरमैलालाई बर्गिकृत गरी दिगोरुपमा ब्यवस्थापन गर्ने, सम्भावनाको आधारमा एक वडा एक कृषि उत्पादन नीतिलाई जोड् दिने, नगरक्षेत्र भित्र रहेका ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको पुराना बस्तीहरुलाई पहिलेकै स्वरुपमा संरक्षण गर्ने,  भु–उपयोग नीति तथा भवन आचार संहिता निर्माण गरी कडाइका साथ लागू गर्ने घोषणा कार्यान्वयन शुरु भएको बताए ।
    नगरलाई स्मार्ट सिटी बनाउने अभियान अनुरुप नेपालकै पहिलो मोबाइल एप्सको रुपमा नगरपालिका सम्बन्धी सम्पूर्ण विवरणहरु सहितको मोवाइल एप्स निर्माण गरी सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट शुभारम्भ गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । मोबाइल एप्स र वेभसाइटबाट कर दाताले आफ्नो विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । निकट भविष्यमा अनलाइन माफर्त कर तिर्न सक्ने व्यवस्था गर्न कम्प्युटर सफ्टवेयरलाई अपडेट गर्ने तथा आवश्यक पूर्वाधार विकासको काम भई रहेको छ । धुलिखेल नगरपालिकामा आउने पर्यटकहरु तथा स्थानीय वासीहरुलाई समेत इन्टरनेटमा पहँुचँको लागि नगरका महत्वपूर्ण सस्थानहरुमा फ्रि वाइफाई जडान गरी संचालनमा ल्याइएको छ । धुलिखेल नगरपालिकामा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि नगरपालिकाको संयोजनमा नगरपालिका भित्रका सुरक्षा दृष्टिले अति महत्वपूर्ण क्षेत्र, चोक, राजमार्ग, पर्यटकीय क्षेत्रमा सिसि क्यामेरा जडान तथा त्यसको अनुगमन र निगरानी प्रणालीको बारेमा सुरक्षा निकाय, प्राविधिक टोली, बैंक तथा बित्तीय संस्था र अन्य सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भई कार्यक्रम अगाडी वढाइएको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रम शाखा अधिकृत विदुर गौतमको संचालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य उपप्रमुख विमला शर्माले गरेकी थिईन् ।
    एकीकृत जग्गा विकास आयोजनाको रोकिएको कामलाई चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी काम भैरहेको, ५ बर्ष भित्र सबै नगरका सबै घरधुरीहरुमा १ घर १ धाराको नीतिलाई पुरा गर्नका लागि साविकको पुराना वडाहरुमा एकीकृत खानेपानीको काम अन्तिम चरणमा रहेको तथा नयाँ जोडिएका वडा नं. ९, १० र ११ को लागि डिपवोरिङ्गको प्रक्रिया शुरु भएको साथै वडा नं. १, २ र ८ मा डिपवोरिङ्ग बोलपत्रको प्रक्रियामा रहेको नगर प्रमुख ब्याञ्जुले बताए । देविस्थान मन्दिर र टुडिँखेलमा क्षेत्रमा र्पाक निर्माणको डिपिआर तयार गरि निर्माण कार्यका लागि तयारी शुरु गरिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट १÷१ करोड र नगरपालिकाबाट १÷१ करोड खर्च गर्ने गरी प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरिएको छ ।  काठमाण्डौ नागढुंगा देखि धुलिखेलसम्म रेल संचालन गर्न नेपाल सरकारबाट सम्भाव्यता अध्ययन कार्य सुरु गरिएको छ । ५ वर्षमा ६० वटा बालउद्यान पार्क तथा अन्य पार्क निर्माण गर्ने योजना अनुरुप चालु वर्ष भित्रै २४ वटा पार्क निर्माण सम्पन्न हुने भएका छन् ।
    धार्मिक, सांस्कृतिक झल्कने १२ वटा होमस्टे १२ वटै वडामा निर्माण गरिने छ । सांस्कृतिक सम्पदा क्षेत्र धुलिखेल, ईटे, श्रीखण्डपुर तथा अन्य स्थानको संरक्षण गरिने छ । तामाङ, गुरुङ्ग, मगर तथा अन्य जातजातिको पर्व तथा संस्कृति झल्कने विषयमा आर्कषण पर्यटकहरुको बसाई लम्ब्याउने गरी तयारी गरिएको छ । धुलिखेल नगरपालिका वडा नम्बर १ मा झरना निर्माण, धुलिखेल वडा नम्वर ८, ३ र २ मा समेत पर्ने गरी कृत्रिम ताल, ११ नम्वर वडामा गुफा र झरना, शंखुमा बन्जिजम्पको डिपीआर शुरु गरिएको छ । जिपिआर लाईन शुरु भएको छ । गरिवी न्यूनीकरणको लागि “मेयर गरिबी निवारण कोष’ को स्थापना र उक्त कार्यक्रमलाई सहजीकरण गर्न तथा लक्षित वर्गहरुको नीति तथा कार्यक्रम स्वीकृत गर्न महिला परिषद, आदिवासी जनजाति परिषद, युवा परिषद, अपाङ्गवर्ग परिषद, दलित वर्ग परिषद, कृषि विकास परिषद, उद्योग विकास परिषद, पर्यटन विकास परिषद र योजना तर्जुमा परिषद गरी ९ वटा परिषदहरुको गठन तथा उक्त कार्यक्रम संचालन सम्बन्धित परिषदका नीति, कार्यक्रम तयार गरी कार्यान्वयनमा रहेको छ ।