2026 August 27/ 12:25: 13pm

बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले जिल्लामा नै पहिलो पटक कक्षा १२ को वार्षिक परीक्षामा समावेश विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समारोहको आयोजना गरेको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा  २११ जना विद्यार्थीहरुलाई एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट बनेपामा दिक्षित गर्दै बधाई तथा शुभकामना गरिएको थियो । 
कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको  कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, प्रशासन प्रमुख तथा शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । 
कार्यक्रममा बोल्दै निर्देशक वैद्यले, प्रतिष्ठानले शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७९ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा समावेश भई कलेज प्रथम एक छात्र र एक छात्रालाई वी.वी.एस. कार्यक्रममा १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने जानकारी दिनुभयो । साथै दिक्षित हुने विद्यार्थीहरुलाई टिका तथा मायाको चिनो प्रदान गरिएको थियो । ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारिक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने वाचा गरे ।
प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नुभयो । साथै परीक्षामा समावेश विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गरेका थिए ।
कार्यक्रमको समापन, विद्यालयका सहायक प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरुलाई आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।