बनेपा/प्रेस चौतारी नेपालले एमाले निकट उम्मेदवारहरुसँग पत्रकार कार्यक्तम आयोजना गरेको छ । कार्यक्रममा अध्यक्ष भुवन रायमाझीले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माण तथा काभ्रे जिल्लाको समग्र विकासमा उम्मेदवारहरुको भूमिकाका बारेमा जानकारी गराएका थिए ।
एमालेले प्रतिनिधि सभा १ मा रेशम लामा, सोहि क्षेत्रको प्रदेश सभामा दिलबहादुर तामाङ दिलिप, चन्द्र लामालाई उम्मेदवार बनाएको छ भने प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा गोकुल बास्कोटा, सोहि क्षेत्रको प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ । चन्द्र र बास्कोटा यस अघि निर्वाचित उम्मेदवार हुन् । समानुपातिक उम्मेदवार तर्फ रुकमणी बराईली र रिता ढकाललाई समावेश गरेको छ । संचारकर्मीहरुको जिज्ञासामा उम्मेदवाहरुले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका साथै राष्ट्रको एकता, मुलुकको समृद्धीका लागि नीति निर्माण र ऐन कानुन निर्माणमा जोड दिने बताएका थिए ।





