2026 August 27/ 01:54: 14am

    धुलिखेल/सम्पति शुद्धिकरण विभाग र प्रहरी युनिटहरुले किलोमिटर ब्याज लिनेहरुको लगत संकलन शुरु गरेको छ । राजधानी तथा काभ्रेपलाञ्चोक जिल्लामा सहकारीको रकम किलोमिटर ब्याजमा लगाउँदै सर्वसाधारण ठगेको मौखिक तथा लिखित उजुरीसँगै प्रहरीले निगरानी बढाएका हुन ।
    केहि वर्ष अघि बजार प्रतिनिधिका रुपमा कार्य गर्ने कर्मचारीहरु सहकारीको मालिक हुँदै किलोमिटर ब्याजमा कारोवार गर्न थालेको रेकर्ड प्रहरी कार्यालय तथा सम्पति शुद्धिकरण विभागमा उजुरी दर्ता भएको छ । बनेपा आसपासका थुप्रै ब्यक्तिहरुको लगत प्रहरीले संकलन गरिसकेको छ भने सम्पति शुद्धिकरण विभागले पनि उनिहरुको तिनपुस्ते तयार गरी अनुसन्धान शुरु गरिसकेको बताएको छ । बनेपाका केहि सहकारीहरु संकटमा पर्दै गए पछि त्यसको अनसुन्धान शुरु भए सँगै किलोमिटर ब्याज, ढुकुटी, अनलाईन गेम, शेयर तथा अनुपात्दक क्षेत्रको लगानीमा रकम फसेको सार्वजनिक भएको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले कानुन विपरित कारोवार गर्नेहरुको सूची संकलन गरी कानुनी कारवाहीको तयारी गरिएको बताउनु भयो ।