2026 August 27/ 01:53: 09am

    धुलिखेल/प्रेस काउन्सिल नेपालले काभ्रेपलाञ्चोक जिल्लाका पत्रपत्रिकाहरुको अवस्थाका बारेमा अनुगमन र सम्पादक÷प्रकाशकहरुसँग अन्र्तक्रिया गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा जिल्लामा प्रकाशनमा रही बर्गिकरणमा परेका पत्रपत्रिकाहरुको अवस्था र आगामी दिनमा बर्गिकरणका लागि भर्नु फाराम, पत्रकार आचार संहिताको पालनाका सन्र्दभमा उठेका सवालका बारेमा अध्यक्ष बस्नेतले जानकारी गराउनु भएको थियो । प्रेस काउन्सिल नेपालले छापामाध्यमका अलावा अनलाईनहरुको समेत अनुगमन र बर्गिकरण गरिरहेको भए पनि सरकारले रकम निकासा नगरेका कारण भुक्तानीका लागि निर्णय हुन नसकेको बताउनु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु गोपाल बुढाथोकी र ठाकुर बेलबासे, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्ष नारायण सापकोटा, बरिष्ठ साहित्यकार मोहन दुवाल लगायत जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले धारणा राख्नु भएको थियो ।