पनौती/तेजगंगा बहुमुखी क्याम्पसले विश्व विद्यालय अन्ुदान आयोग (गनअ) उच्च शिक्षा क्षेत्रको अन्तराष्ट्रिय ब्राण्ड क्यूएए प्राप्त गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले क्याम्पसका संस्थापक क्याम्पस प्र्रमुख डा.अम्भु भवानी कार्कीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । हिजो बुधबार क्याम्पसले उक्त ब्राण्ड प्राप्त गरेको क्याम्पस प्रमुख कार्कीले बताउनु भयो । क्याम्पसले उच्च शिक्षाका लागी सम्पुर्ण मापदण्ड पुरा गरी उक्त प्रमाण पत्र प्राप्त गर्न सकेको हो । तेजगंगा बहुमुखी क्याम्पस सन् २०१४ बाट त्तबब कार्यक्रममा आबद्ध भएको थियो । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बन्जारा, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, क्याम्पस सञ्चालक समिती अध्यक्ष शिबबहादुर देउजा, सञ्चालक समितीका पदाधिकारीहरु, क्याम्पस सभा सदस्यहरु, प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।





