बनेपा/बेथान्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ललितपुरको लगनखेलमा रहेको सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोहि कलेजको एकेडेमी अफ कल्युनिर आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टले संचालन गरेको फुड टेस्टिङ्ग सेजन फाईभमा सहभागी भई विभिन्न देशका फुड भेराईटीको अनुभव लिएका छन् । बेथान्चोक जेसीज तथा पार्वती बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई थप ज्ञान आर्जन गराउने उदेश्यले उक्त कार्यक्रममा सहभागि गराएका थिए ।
मलेसियामा रहेको लिंकन विश्वविद्यालयको अनुमति पाएको सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोहि कलेजको एकेडेमी अफ कल्युनिर आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टले भियतनामी, टर्किस्थान, क्यारिबियिन, नर्वेजियन र वेस्ट अफ अफ्रिकन खानाका सन्दर्भमा फुड टेस्टिङ्ग सिजन फाईभ आयोजना गरेको थियो । होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने र अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि उक्त कलेजको ब्यवस्थापनबाट थप ज्ञान आर्जन गर्न सक्नेछन् । ग्रामीण भेगका विद्यार्थीहरुले उक्त कलेजको शैक्षिक ब्यवस्थापन तथा शैक्षिक कृयाकलापबाट सिक्न सक्ने धेरै विषयको जानकारी प्राप्त भएको बताएका छन् । कामना दाहाल सापकोटाले संयोजन गर्नु भएको उक्त कार्यक्रममा सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोहि कलेजको एकेडेमी अफ कल्युनिर आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्टले गरेका गतिविधिहरु सिकेका पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिताले अन्य विद्यालय तह तथा क्याम्पस तहका विद्यार्थीहरुलाई पनि हौसला मिल्ने कामना दाहाल सापकोटाले बताउनु भयो ।
उक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले अष्टे«लियामा पनि अध्ययन गर्न चाहेको अवस्थामा नेपाल र अष्ट्रेलियामा आधाआधा समय अध्ययन गर्न पाउने छन् । विभिन्न देशहरुमा अध्ययन तथा इन्टनसिपका लागि जाने ब्यवस्था मिलाएको कलेज प्रयोगात्मक कक्षालाई प्राथमिकतामा राखेको छ । जेसिजको सामाजिक उत्तरदायित्व अन्र्तगत पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उक्त अवसरमा सामेल गरिएको अध्यक्ष डिकमान लामाले बताउनु भयो । सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोहि कलेजको एकेडेमी अफ कल्युनिर आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा डिप्लो तहमा कल्युनिर आर्टस्, विएचएम र एमबिए तहको अध्ययन हुँदै आएको छ ।
सोहि अवसरमा विद्यार्थीहरुलाई कक्षा कोठा तथा त्यसमा प्रयोग भएका फर्निचर र मल्टिमिडिया प्रविधि, त्यसको माध्यमबाट अध्ययन गर्दा हुने फाईदा र सहजताका बारेमा जानकारी लिएका थिए । नेपालमा पनि अनिवार्य जस्तै बन्दै गएको नियमित प्रयोग हुन थालेको कफीको प्रयोग तथा बनाउने तरिका, बार तथा बारको प्रयोग, रेष्टुरेन्ट तथा त्यसको डेकोरोसन, किचन तथा त्यसको प्रयोग र ब्यवस्थापनका बारेमा जानकारी लिएका थिए ।
सोहि अवसरमा पार्वती बहुमुखी क्याम्पसका प्रमुख गोविन्द शर्मा, जेसीजका अध्यक्ष डिकमान लामा, क्याम्पसका प्राध्यापकहरु, जेसिजका पदाधिकारीहरु, समन्वय गर्ने जेसीजमा समेत आबद्ध कामना दाहाल सापकोटा, अनिष सापकोटा, क्याम्पसका विभिन्न तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । विभिन्न देशमा पाईने फुडका सन्दर्भमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले जानकारी गराएका थिए । सहभागी विद्यार्थीहरुले जेसीज र क्याम्पसले दिएको अवसरबाट लाभान्वित भएको बताए ।





