प्रहरीले फरार प्रतिवादीहरु पक्राउ गरी अदालत पेश गर्न थालेको छ । स्थानीय तहको निर्वाचनमा सुस्ताएको प्रहरीको यो अभियान फेरी सक्रिय भएको हो । जिल्ला अदालत, उच्च र सर्वाेच्चबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र मातहतका युनिटहरुले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।
प्रहरीले असार २१ गते भुम्लु गाउँपालिका ३ घर भएका ४६ बर्षिय दावा तामाङ, ललितपुर घर भई बनेपा बस्दै आएकी ४५ बर्षिय सन्तोषी बस्नेत र पनौती ११ घर भएका २५ बर्षिय विशाल तामाङलाई पक्राउ गरेको थियो । दावा जर्बजस्ति करणी अभियोगमा २ वर्ष ६ महिना कैद फैसला सुनाएर फरार थिए । २९७२ साल बैशाख ८ गते उनको मुद्दा फैसला भएको थियो । सन्तोषीलाई २ वर्ष कैद र १ करोड २६ ला बैना रकम बापत विगो भराउने आदेश भएको छ । बैना रकम दिलाई पाउँ भन्ने अभियोगमा २०७५ साल फागुन २९ गते मुद्दाको फैसला भएको थियो । त्यस्तै सवारी ज्यान मुद्दामा विशाल पक्राउ परेका थिए । उनलाई तीन दिन कैद र २ हजार जरिवना तोकिएको थियो । २०७५ साल जेठ १६ गते उनको मुद्दामा फैसला भएको थियो ।
प्रहरीले असार २२ गते बनेपा ११ का ३९ बर्षिय रामप्रसाद दाहाल, भुम्लु २ का २९ बर्षिय विक्रम खड्का, मण्डन ८ का ५९ बर्षिय हर्कबहादुर खड्कालाई पक्राउ गरेको छ । दाहाल सवारी ज्यान अभियोगमा कैद तोकिएको थिए विक्रम कुटपिट अंगभग अभियोगमा कैद तोकिएका थिए । हर्कबहादुर खड्का कुटपिट मुद्दामा सजाँय तोकिएका ब्यक्ति थिए । त्यस्तै प्रहरीले असार २३ गते मण्डनदेउपुर १२ का ४४ बर्षिय प्रदीप कुमार राक्से ठकुरीलाई पक्राउ गरेको छ । हातहतियार खरखजना मुद्दामा उनलाई २०७७ माघ ५ गते कैदको फैसला गरिएको थियो । त्यस्तै सोहि दिन मण्डनदेउपुर ३ का ३१ बर्षिय सञ्जय गुरुङलाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरिएको छ । २०७२ माघ २५ गते मुद्दाको फैसला भएको थियो ।





