2026 August 27/ 02:45: 29am


बनेपा/ बनेपा नगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित भएको हो । १० असारमा नगरले १ अर्ब ५५ करोड २४ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको थियो । सभामा छलफल भएपछि  बजेट सर्वसम्मत पारित भएको नगरले जनाएको छ । सभामा उप प्रमुख विमला सापकोटाले कुल आयमा आन्तरिक आय रु. ३३ करोड २४ लाख २७ हजार अनुमान गरिएको बताउनु भएको थियो । सभामा अघिल्लो आ.व.को अल्या हुने रकम समेत आन्तरिक रुपमा जम्मा आन्तरिक आय तर्फ कुल रु. ७७ करोड ९३ लाख ३० हजार १६० हुने अनुमान गरिएको र बाह्य स्रोतबाट जुट्ने अनुमान गरिएको कुल रु. ७७ करोड ३१ लाख ५४ हजार देहाय बमोजिम प्राप्त हुने अनुमान गरिएको सापकोटाले बताउनु भयो । त्यसै गरी खर्च तर्फ आर्थिक विकास तर्फ जम्मा रु. ५ करोड ३३ लाख ७० हजार, सामाजिक सुरक्षा तथा पञ्जीकरण तर्फ रु. ३५ लाख गरी जम्मा रु. ३८ करोड ९९ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ कुल रु. ७३ करोड ७१ लाख ५३ हजार, बन तथा वातावरण क्षेत्र तर्फ रु रु. ३ करोड ४६ लाख ५९ हजारसंस्थागत विकास तर्फ कुल रु. ३३ करोड ७३ लाख २६ हजार, कुल रु. १ अर्व ५५ करोड २४ लाख ८४ हजार विनियोजिन गरिएको सापकोटाले बताउनु भयो । सभामा सदस्यहरुले बजेट सम्बन्धी राखेका जिज्ञासाका जवाm दिदै उप प्रमुख सापकोटाले बजेटले नसमेटीएका कतिपय योजनाहरुलाई आगामी वर्षहरुमा समेट्दै जाने बताउनु भएको थियो । नगर सभाका अध्यक्ष तथा नगर प्रमुख शान्तिरत्न शाक्यले सम्पुर्ण कार्यपालिका तथा नगर सदस्यहरुको सहयोगमा बजेट पारदर्शि रुपमा खर्च हुने विश्वास राख्नु भयो । धेरै कुरा निति तथा कार्यक्रममा समेटेको र नगरलाई स्वच्छ खानेपानी, हरियाली, धुलो र हिलो मुक्त बनाउने योजनामा सबैको साथ सहयोग हुने बताउनु भयो । सभामा उप प्रमुख विमला सापकोटाले न्यायिक समितीको भए गरेका काम सम्बन्धी विबरण सभामा प्रस्तुत गर्नु भएको थियो । न्यायिक समितीले आव २०७६ देखी २०७८ सम्म उजुरी सख्या ३० मिलापत्र ९ कार्यन्वयनमा रहेका ७ निर्णय भएका अदालत जान सुनाएका १४ वटा रहेको बताउनु भएको थियो । सभामा न्यायिक समितिमा सदस्य वडा नम्बर ६ की सदस्य कमला दमै र वडा नम्बर १३ का राजु मधिकर्मि रहेको जानकारी दिएको थियो । दशौ नगरसभाको दोस्रो बैठक बाट सर्वसम्मत रुपमा आर्थिक वर्ष २०७९÷८०को  निति तथा बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले जानकारी दिनु भयो ।