2026 August 25/ 11:46: 32pm

बनेपा/स्टाईल हेयर केयर एण्ड पार्लर टे«निङ्ग सेन्टरको आयोजनामा तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि ३९० घण्टा आधारभुत ब्युटिसियन तालिमको समापन गरिएको छ । 
तालिममा सहभागिहरुलाई प्रमाण पत्र बितरण नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको छ । शाक्यले नगरले छरिएर रहेका सिपहरुलाई एकत्रित गरी सामुहिक ब्यबसायका लागी प्रत्सोहान गर्ने बताउनु भयो । नगरले बृहत्त सामुहिक लगानीका लागी प्रत्सोन गर्दे सिप प्रदान गर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथी उप–प्रमुख विमला सापकोटाले सिप सिकेर ब्यबहारमा ल्याउन आग्रह गर्नुभयो । प्रमाणपत्र लिदै छोड्दै नगर्नु होला उपप्रमुख सापकोटाले भन्नुभयो तपाईहरुलाई के आबश्यक छ भन्नु ब्यबसाय गरी आत्म निर्भर बन्न नगरपालिका सहयोग गर्न तयार छ । नगरपालिकाले यसभन्दा अगाडि दिएका सम्पूर्ण तालिम, कृषि औजार लगाएत सम्पूर्णको अनुगमन गरिने बताउनु भयो । तालिम दिने मात्रै नभई तालिम लिईएकाले ब्यबहारमा उतार्नु पर्ने सापकोटाले बताउनु भयो । संख्या भन्दा पनि गुणस्तरीयतालाई ध्यान दिनुपर्ने उपप्रमुख सापकोटाको भनाई रहेको थियो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुवेदी, सौन्दर्य कला ब्यबसायी संघका अध्यक्ष सुमा प्रधान, प्रशिक्षक सुलोचना तिमल्सिना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सौन्दर्य कला ब्यबसायी संघका निवर्तमान अध्यक्ष तथा स्टाईल हेयर केयर एण्ड पार्लर टे«निङ्ग सेन्टरका प्रोपाईटर शोभा थापा नकर्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।