बनेपा/ चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थालिको ३३ औ स्थापना दिबस सम्पन्न भएको छ । २०४७ साल असार २ गते चण्डेश्वरी फोरमको नाममा स्थानिय यूवाहरुको अगुवाईमा स्थापना भएको सस्था २०५० साल असोज ६ गते गते चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको रुपमा सहकारी डिभिजन कार्यालय धुलिखेलमा दर्ता भएको थियो ।
सहकारी संस्थाका अध्यक्ष विकास बादेका अनुसार संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भर रहेको बताउनु भयो । अध्यक्ष बादेले संस्थाको जेठ मसान्त सम्मको वित्तिय अबस्था बचत रु.८४ करोड ८१ लाख २ हजार, कुल शेयर पुजीं रु.११करोड,४३ लाख ५०हजार ५ सय, ऋण लगानी रु.९२ करोड ४०लाख १५हजार ६सय ९४,कोश हिसाव १०करोड २४,लाख ४हजार ७सय २५, जेठ मसान्त सम्म नाफा रु.४ करोड ११ लाख ७० हजार ९ सय ७७, कुल सम्पत्ति रु.१अरब १५ करोड ८६ लाख ७७ हजार ३ सय ४२ र सेयर सदस्य ८हजार ७२ जना रहेको कार्यक्रममा जानकारी दिनु भयो । संस्थाले चार वर्र्षिय रणनीतिक योजना २०७९÷०८० देखी २०८२÷०८३ भर्खर स्वीकृत गरेको र रणनीतिक योजनाका अन्त्य सम्ममा रु.२ अर्व भन्दा बढीको कारोवार र कागर्ने लक्ष्य राखेको, सदस्य संग आर्थिक कारोवार को साथ साथै समुदायको सामाजिक तथा सांस्कृतिक जागरणमा पनि योगदान गर्ने गरेको, एसियाली ऋण महासंघबाट गुणस्तर प्रमाणिकरण स्वरुप एक्सेस ब्रोन्ज मेडल प्राप्त गरेको अध्यक्ष बादेले बताउनु भयो । संस्थाले विभिन्न सामाजिक उत्तर दायित्व अन्तर्गत स्वास्थ्य शिबिर, रक्तदान, जेष्ठ नागरिकहरुलाई तिर्थटान, सरसफाई लगाएतका कामहरु गर्दे आएको वादेले बताउनु भयो । स्थापना दिवसमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका संयोजक तथा सदस्यहरु, सल्लाहकार, विषयगत उपसमितिका सदस्यहरु र व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।





