धुलिखेल/निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु लगायतको संशोधन तथा खारेजीको माग गर्दै निर्माण व्यवसायी सघं काभ्रेले जिल्ला प्रशासनमा धर्ना दिएको छ ।
सघंका अध्यक्ष विजय लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई मागहरु सुनुवाईका लागी नेपाल सरकारको ध्यानाकर्षण गराएको लामाले बताउनु भयो । लामाले निर्माण सामाग्रीका सामानमा अप्रत्यासित मुल्य बृद्धि भएकाले मूल्य बृद्धिलाई नियन्त्रण गर्न माग गरेको छ । यदि आफ्ना मागहरु सम्बोधन नभएमा बैशाख ११ गते देखी ७७ वटै जिल्लामा कन्ट्रक्शन होलिडे गर्ने र १३ गते देखी जिल्ला प्रशासनमा दैनिक १ घण्टा धर्ना दिने संघका कोषाध्यक्ष विष्णुहरी जोशीले बताउनु भयो ।





