2026 August 25/ 02:41: 40pm

    पनौती/१२ वर्षे पनौती मकर मेला २०७८ को अवसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर माघ १ गते बाट मञ्जुश्री फाउण्डेशन नेपाल तथा आरम्भ सोसियल वेलफेयर –बनेपाको संयुक्त आजोजनामा पनौती इन्द्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । उक्त शिविरमा आयोजकलाई साथ, सहयोग तथा थप उर्जा प्रदान गर्नका निमित्त पनौती न.पा.का मेयर भिम न्यौपाने, उप–मेयर गीता बञ्जारा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षें तथा उपाध्यक्ष कैलाश पलाञ्चोके, रोटरी क्लब अफ इडवार्डस्टन, एडिलिड, अष्ट्रेलियाका प्रेसिडेन्ट इलेक्ट रोटरियन जोन रोनाल्ड प्राइस, पत्रकारहरु, विभिन्न संघ–संस्थाका पदाधिकारीहरु, स्वयमसेवक, चिकित्सक तथा नर्स लगायतको उपस्थिति रहेको थियो । पार्टनर क्लब च्बऋ प्ग्ःक् रहेको उक्त शिविरमा डा. श्रेया ध्योजु श्रेष्ठ, डा. मनिषा रोकाया, डा. काजल राणा, सदिक्षा खड्का, येङ याङदेन, लिसा धौबञ्जार, रोजा त्योछिना, रेश्मा लिम्बु लगायतको सहभागिता रहेको छ । उक्त शिविर मकर मेला अवधिभर रहनेछ ।