बनेपा/प्रेस चौतारी नेपाल काभ्रे शाखाको सातौ अधिबेशनले भुवन रायमाझीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिबेशनको बन्द सत्रबाट उपाध्यक्ष रामसुन्दर आचार्य, उपाध्यक्ष महिला सरिता सापकोटा, सचिव जगतमान बल, सह सचिव अरबिन्द्र गौतम, सह सचिव समावेशी चित्र तामाङ, कोषाध्यक्ष काजल तामाङ, सदस्यहरुमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रन्जित बोहरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भन्डारी रहनु भएको छ । अधिबेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले गर्नु भएको थियो । बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनु भएको छ । उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनु भयो ।
नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बास्कोटाले बताउनु भयो । कार्यक्रममा एमालेका काभ्रे जिल्ला अध्यक्ष तथा नेपाल नगरपालिका सघंका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले एमालेले जिल्लाको समृद्धीका लागि महत्वपुर्ण कार्य गरेको बताउनु भयो । सत्तामा हुँदा योजनाको कार्यान्वयन गर्ने एमालेले जिल्लाको समृद्धीको खाका कोरेको बताउनु भयो । जिल्ला उपाध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, जिल्ला सचिव राजन भुर्तेल, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना, महासंघका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङ लगातले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सह सयोजक रामसुन्दर आचार्यले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष भुवन रायमाझीले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिब जगत तामाङले गर्नु भएको थियो ।
सह सम्पादक सम्मानित
विगत २० वर्ष देखी पत्रकारीता गर्दै आउनु भएका चेष्टा साप्ताहिकका सह–सम्पदक प्रेस चौतारी काभ्रे शाखाको सातौ अधिबेशनमा क्रियाशिल पत्रकारीता पुरस्कार २०७८ बाट सम्मानित हुनु भएको छ । तिमल्सिनालाई ल्यावटप सहित दोसल्लाले सम्मान गरिएको थियो । तिमल्सिाना पत्रकारीतामा निरन्तर क्रियाशिल रहदै आउनु भएको छ । प्रेस चौतारीले गर्ने उक्त सम्मानका लागि बनेपाका युवा ब्यबसायी रत्नश्री मार्केटका म्यानेन्जर तथा तथा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जीतले प्रायोजन गर्दै आउनु भएको छ । चौतरीले अधिबेशनमा जिल्लाबाट क्रियाशिल पत्रकारलाई ल्यापट सहित सम्मान गर्दै आएको छ ।
त्यस्तै प्रेस चौतारी काभ्रेले पार्टीको पोलिटब्युरो सदस्यमा निर्वाचित गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु रेशम लामा, नविना लामा र रुकमणी राना, संगठनका केन्द्रीय सदस्यहरु, पार्टीका अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिवद्धय राजकुमार सापकोटा र रिता ढकाल, प्रेस चौतारीमा आवद्ध भई जिल्ला सदस्यमा निर्वाचित हुने सदस्यहरुलाई सम्मान गरेको छ ।





