2026 August 25/ 02:41: 42pm

गोकुल बास्कोटा
पूर्व मन्त्री

    नेकपा एमालेमा एकै दिन झण्डै १२ सय साथीहरु प्रवेश गर्नुभयो विभिन्न पार्टीबाट । ति सबै साथीहरुलाई नेकपा एमाले काभ्रे जिल्लाको परिवारमा म हार्दिक स्वागत गर्न चाहन्छु । यस पार्टी मार्फत यो देशको समृद्धिमा, प्रगतिमा योगदानको अपेक्षा राख्छु । साथै सहकार्य गर्ने प्रतिबद्धता पनि प्रकट गर्दछु । यो अधिवेशन नेकपा एमालेको मात्रै अधिवेशन होइन । यो काभ्रे जिल्लाको प्रगति समृद्धि र सामाजिक न्याय चाहने र सबै ठाउँको समान खालको न्यायोचित र यथोचित सम्पूर्ण प्रगति गराउन चाहने खाका, योजना र त्यसको कार्यान्वयनको संकल्प गरेको पार्टीको ऐतिहासिक १० औं जिल्ला अधिवेशन भएको छ । हामीले वितेको ४ वर्षमा काभ्रेमा के ग¥यौं ? जवाफ दिइराख्नु पर्दैन । आज जहाँ कार्यक्रम गर्दैछौं केहि गरेन भन्नेहरुले यहि रंगशाला हेरे हुन्छ । अर्काे हामीले दिनको दिन २ कि.मी बाटो पीच, ढलान कालोपत्रे गरेका छौं । हामीले ४ सय कि.मी बाटो पक्की गरेका छौं । हामीले प्रत्येक १ महिनामा ५ वटा भवनहरु काभ्रेमा बनाएका छौं । स्वास्थ्य चौकी, विद्यालय भवनहरु, वडा, पालिकाका भवनहरु बनाएका छौं । सिंचाईका कामहरु अगाडि बढाएका छौं । काभ्रेमा अब खानेपानीको समस्या छैन । हाम्रो पार्टीले सरकार चलाउनु भन्दा अगाडि काभ्रे जिल्ला गरिबीमा २३ औं नम्बरमा थियो आज हामी छैठौमा झरेका छौं । 
    अब हामी यी सबै कुराहरुलाई नयाँ ढंगले परिभाषित गर्दैछौं । अबको ५ वर्षपछिका योजनाहरु अगाडि सार्दै छौं यो अधिवेशनबाट । त्यसकारण यो नेकपा एमालेको मात्रै अधिवेशन होइन । यो काभ्रे जिल्लाका ४ लाख जनताको भाग्य भविष्य र उनका सन्ततिको भविष्यसँग जोडिएको अधिवेशन हो । जहाँसम्म फुट र विभाजनको कुरा छ त्यसबाट कोहि पनि आत्तिनु पर्दैन । को गए टाउका गनेर बस्नु पर्दैन । युवाहरु एमालेमा छन्, महिलाहरु एमालेमा छन् । नयाँ पुस्ता एमालेमा छ । अहिले यो अधिवेशनले ६ वटा ठाउँ हामीले जित्नुपर्छ । १३ वटा पालिका हामीले जित्नुपर्छ । म उद्घोष गर्न चाहन्छु कि काभ्रेमा ६ नै वटा संघको दुई, प्रदेशको ४ गरी ५ वटै क्षेत्र नेकपा एमालेले जित्नेछ । निकट भविष्यमा आइरहेको चुनावमा हेरौंला हामीले यो सब जित्छौं । यो कुनै फुक्र्याउनका लागि भनिएको होइन । हाम्रो गन्तव्य बदलिँदैन । स्याल कराइरहन्छन्, हात्ति लम्किरहन्छ । हाम्रो विजय यात्रा नेकपा एमालेको विजय यात्रा होइन यो देशको स्वाधिनताको, समृद्धिको, न्यायको, सुशासनको धेरै चिज काभ्रेमा भएका छन् । जलविद्युतमा अगाडि बढेको छ । आजसम्म देशप्रति, जनताप्रति फर्केको वास्तविक सक्कली पार्टीले सरकार चलाउन पाएको छैन । आउने चुनावमा नेकपा एमालेको सरकार बनाउने गरी सबै ठाउँमा तपाईहरुको साथ र सहयोगको अपेक्षा राख्छु । (पोलिटब्युरो सदस्य बास्कोटाले नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनका अवसरमा ब्यक्त गर्नु भएको विचारको सारांश ।)