बनेपाको बेलर एकेडेमी विपीएच कार्यक्रम
बनेपा/ब्यापारीक र शैक्षिक नगरीका रुपमा चिनिन थालेको बनेपामा पहिलो पटक काठमाडौ विश्वविद्यालयसाँगको शैक्षिक साझेदारीमा बेलर इन्टरनेशनल एकेडेमी विद्यालयले विपीएच कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रम सम्वन्धी सम्झौता गर्दै विश्वविद्यालय र विद्यालयका तर्फबाट होटल ब्यवसायहरु फस्टाउँदै गए पनि पर्यटकिय नगरी धुलिखेल तथा आसपासका क्षेत्रमा स्नातक तह उर्तिण गरेको जनशक्ति आवश्यक हुँदा थप शिक्षा आर्जन गर्न राजधानी जानु पर्ने बाध्यताको अन्त्य भएको बताईएको छ । काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्मा र ग्यालेसियर एडुकेशनल फाउण्डेशन प्रा.लि.का अध्यक्ष भोला थापा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाण्डौ बिश्वबिद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले बेलर केयू शैक्षिक सत्र २०२१÷०२२ देखी ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी ९द्यएज्० कार्यक्रम अन्तर्गत ३० जना बिद्यार्थी भर्नाका लागी आवश्यक तयारी पुरा गरी सकेको प्रिन्सीपल श्रीमती ईन्दु थापाले जानकारी दिनुभयो । ‘दक्ष जनशक्ति अभावका कारण पर्यटन क्षेत्रमा भएको समस्यालाई थोरै भए पनि समाधान गर्न सहज होस भन्ने उदेश्यले उक्त कार्यक्रम सम्झौता गरिएको हो’–प्रिन्सिपल श्रीमति इन्दु थापाले भन्नुभयो–‘यो कार्यक्रमले यूवाहरुलाई स्वरोजगार र आत्मानिर्भर बनाउन कोसेढुग्गा साबित गराउने विश्वास लिएका छौं ।’
काभ्रेको बनेपामा लामो समय देखी शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दैै आएको बेलरले बिद्यार्थी र अभिभावकको मन जित्दै आएको छ । जिल्ला र आसपासका क्षेत्रका बिद्यार्थीहरुको भबिष्यलाई ध्यान दिदै यसै शैक्षिक सत्र देखी बिपीएच अध्यनका लागी भर्ना प्रारम्भ गरीने बिद्यालयका प्रिन्सीपल श्रीमती ईन्दु थापाले बताउनु भयो । सर्भिस क्षेत्रमा बिद्यार्थीहरुको बढ्दो आर्कषण भएपनि होटल मेनेजमेण्ट गरे पछि (दक्षता हासील) स्नातक तहको शिक्षा आर्जन गर्न राजधानी धाउन पर्ने वा अरु नै बिषय रोज्नुु पर्ने बाध्यता उक्त कार्यक्रमबाट केही हदसम्म बिद्याथीहरुका लागी कमी हुने भएको छ ।
प्रयोगात्मक बिषय भएकाले स्वदेश, बिदेश वा कूनै पनि स्थानमा रहेर आत्मार्निभर बन्न मद्धत पुग्ने हुदा यूवाहरुको यस क्षेत्रमा आर्कषण बढेको छ । चार बर्षे कोर्ष रहेको र पुरा गरुन्जेल बिद्यार्थीहरुले प्रयोगात्मकमा काम गर्दा आउने रकमलाई जोगाउन सके बिद्यालय र बिश्वबिद्यालयमा तिर्ने शुल्क निकै कम लाग्ने बिपीएचका कोडिनेटर अनुप थापाले बताउनु भयो । केयू बेलर सन्चालनमा आएपछि सम्झौता भए बमोजीम काठमाण्डौं बिश्वबिद्यालय स्कुल अफ म्यानेजमेण्टले तोकिएको मापदण्ड अनुसार शैक्षिक कार्यक्रमको सुपरिवेक्षण तथा रेखदेख गर्ने छ । पर्यटन क्षेत्रले बिश्वभर आर्थीक समृद्धी हासिल गरिरहेको सन्दर्भमा उक्त विषयको अध्ययनले झनै सहज भएको छ ।





