दुई केन्द्रीय सदस्य थप, बागमतीमा रामहरी उपाध्यक्ष
बनेपा/नेकपा एमाले काभ्रेका पूर्व अध्यक्ष, पूर्व मन्त्री गोकुल बास्कोटा पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भए सँगै पोलिटब्युरो कमिटीमा चयन हुनु भएको छ । बास्कोटा पोलिटब्युरो कमिटीमा चयन भएसँगै जिल्लाका दुई नेता केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा पुर्व राज्यमन्त्री रेशम लामा र रुकमणी राना ‘अस्मिता’ चयन हुनु भएको छ । त्यस्तै बागमती प्रदेश कमिटीको उपाध्यक्षमा संविधान सभा सदस्य रामहरी सुवेदी चयन हुनु भएको छ । एमाले काभ्रेबाट केन्द्रीय कमिटीको पोलिटब्युरोमा यस अघि कुनै नेता चयन हुनु भएको थिएन । केशव वडाल स्थायी कमिटीमा हुनुहुन्थ्यो । त्यसपछि बास्कोटा पोलिटब्युरोमा चयन हुनु भएको हो । कानुन ब्यबसायी एवं पूर्व महान्यायाधिबक्ता रमेश बडाल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँ पनि जिल्लाबासी नै हुनुहुन्छ । काभ्रेजिल्लाबाट केन्द्रीय कमिटीमा पुग्ने नेताहरुको संंख्या थपिएको छ ।





