2026 August 25/ 01:48: 27pm

धुलिखेल/धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले काम शुरु गरे पछि महत्वपूर्ण ४० वटा कामलाई लिपिबद्ध गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जु र उपप्रमुख विमला शर्मा चौलागाईको नेतृत्वले जनताको आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकता दिएको बताउनु भयो । 
सूचीमा रहेका ४० वटा कार्यहरु यि हुन् ः
१) खुल्ला दिशामुक्त घोषणा    
२) साक्षर नगर घोषणा
३) बालमैत्री शहर घोषणा
४) शून्य कार्बन उत्सर्जन गर्ने शहर घोषणा
५) एक घर धारा शुद्ध पानी बितरण (८४% सम्पन्न) 
६) ५३ वटा पार्क निर्माण
७) स्वस्थ शहर कार्य योजना
८) गरिबी निवारण ८ प्रतिशतबाट ४.३७ मा घटाउन सफल
९) १०० प्रतिशत नागरिकमा कोभिडको खोप सेवा उपलब्ध
१०) क्याम्पस तहसम्म निशुल्क पढाई 
११) महिला÷अपाङ्ग ÷दलित÷जनजाती र युवा परिषद गठन गरि स्वरोजगार सृजना
१२) गर्भवती महिला सेवा र महिला स्वरोजगार कार्यक्रम
१३) सबै वडामा स्वास्थ चौकी निर्माण
१४) १२.५ किमि सडक विस्तार भई ५६ किमी पु¥याउन सफल
१५) १६४ किमी बाटो निर्माण 
१६) ७१ प्रतिशत फोहर पानी प्रशोधन
१७) बातावरण मैत्री शहर निर्माण
१८) पर्यटन शहर निर्माण
१९) भुम्कम्प पछि ९२ प्रतिशत घर पुनर्निर्माण 
२०) कृषि रणनीति तथा आय आर्जनमा उल्लेख्य सुधार
२१) ९८ प्रतिशत योजना जनसहभागितामा आधारित 
२२) स्वास्थ बिमा सुरुवात
२३) शिक्षा, स्वास्थ, गरिबी निवारण र पुर्वाधारमा ९८ प्रतिशत दिगो बिकास लक्ष्य हासिल 
२४) पुराना मठ मन्दिर पाटी धारा पुनर्निर्माण 
२५) विश्व समुदायमा नयाँ शहरी बिकासको पहिचान 
२६) औद्योगिक ग्राम निर्माण 
२७) एक वडा एक उत्पादन 
२८) शून्य भ्रष्टाचार युक्त शहर
२९) ७३ वटा ऐन र कार्यबिधी निर्माण
३०) न्यायिक समितीको उदाहरणिय सुधार (संग्रह प्रकाशन) 
३१) सुशासन, पारदर्शी, जवाफदेहि र उत्तरदायी शहर निर्माण
३२) सबैको घर घरमा बत्ती, बत्ति नभएको ठाउँमा सोलार
३३) सडक बत्तीमा सोलारको ब्यबस्था
३४) १८ वटा बिद्यालय भवन निर्माण 
३५) वाईफाई सेवा २० स्थानमा र सिसि क्यामेरा २६ स्थानमा जडान
३६) ३६ वटा विभिन्न परियोजना सन्चालन 
३७) सभा हल निर्माण 
३८) संग्राहलय निर्माण 
३९) वृद्धआश्रम निर्माण
४०) अपाङ्ग मैत्री ट्रेल निर्माण