बनेपा/दुई समुह बीच जिल्लासम्मको निर्वाचनमा होमिएको काँग्रेस काभ्रेका नेताहरु तीन समुहमा विभाजन भएका छन् । जिल्ला अधिवेशनमा देउवा सिटौला समुह र पौडेल समुह बीच भएको प्रतिस्पर्धा प्रदेश अधिबेशनमा अलग अलग भयो । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले सिटौला समुहका भिमसेन दास प्रधानको प्रस्तावक बने । प्रधानले तेश्रो मत ल्याए पछि उनी प्रतिस्पर्धाबाट बाहिरिए । काभ्रेबाट बागमती प्रदेशमा विभिन्न पदमा ११ जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका सबै पराजय भएका छन् । केन्द्रिय सदस्य हुमागाईले सह महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्ला सभापति तिर्थ लामा प्रस्तावक बसेका देउवा समुहका इन्द्र बानियाँ उम्मेदवार बनी दोश्रो पटकको निर्वाचनबाट विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिं केसीलाई पुर्व सभापति मधु आचार्यले प्रस्तावकमा सहि गरेका थिए । आचार्य पौडेल समुहमा, हुमागाई सिटौला समुहमा र लामा देउवा समुहमा आवद्ध छन् । रामचन्द्र पौडेल समुहबाट बनेपाका कञ्चनचन्द्र बादे महामन्त्री पदमा उम्मेदवारी दिनु भएको थियो भने पौडेल समुहबाट महेश पौडेल, शुभलक्ष्मी मानन्धर, सिबी लामा र शान्ती क्षेत्रीले सदस्य पदमा उम्मेदवारी दर्ता गरेका थिए । देउवा समुहबाट गुमानसिं लामा, हरिबहादुर लामाले उम्मेदवारी दिएका थिए । सिटौला समुहबाट केशबप्रसाद तिमल्सिना, शोभा गौतम दाहाल, विक्रम लामा र मिना लामाले उम्मेदवारी दर्ता गरेका थिए । कञ्चनचन्द्र बादे बाहेक अन्य अधिकांश उम्मेदवारले पराजय ब्यहोरेका छन् । स्थानीय निर्वाचन देखि नै भित्र भित्रै काँग्रेस कार्यकर्ताहरुले गुट अदलबदल गरेका छन् ।
जिल्ला सभापति रहेका तिर्थ लामा कार्य समितिमा बहुमतमा छैनन । पदाधिकारीमा पनि तिर्थ लामा निकट छैनन । प्रतिनिधि सभा र प्रदेश सभामा पनि उनि निकट टिम छैन । शिव हुमागाई समुहलाई रिझाउन नसक्दा तिर्थ लामालाई जिल्ला चलाउन संकट छ । केन्द्रिय महाधिबेशनमा शिव हुमागाई र मधु आचार्य अलग अलग समुहबाट केन्द्रिय सदस्य पदको आकाँक्षी छन् । जिल्लामा पौडेल समुह कमजोर देखिएको छ । काँग्रेस भित्र एक समुह जातिय राजनीति गर्न सक्रिय छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि अधिबेशनको पुर्व सन्ध्यामा भएको काँग्रेस भित्रको गुट उपगुटसँगै वडा अध्यक्ष तथा पालिकाका प्रमुख उपप्रमुखहरुको टिकट समेत वितरण गरि सकिएको छ । मकवानपुर सहभागि महाधिबेशन प्रतिनिधिहरुले नेता इन्द्र बाँनियाको शैली र चरित्रले लोकतन्त्र सकिएको स्टाटस पोस्ट गरेका थिए ।





