2026 August 26/ 03:10: 56pm

बखुण्डोल/धुलिखेल नगरलाई स्वस्थ शहर बनाउने क्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित दुई तले पक्की भवनको उद्घाटन धुलिखेल नगर प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले एक कार्यक्रमका बिच गर्नु भएको छ । 
धुलिखेल नगरपालिकामा प्रत्येक नागरिकहरु स्वास्थ्यको पहँचमा रहने गरी टोल टोमा धुम्ती स्वास्थ्य टोलि समेत परिचालन गर्न लागिएको नगर प्रमुख ब्यान्जुले बताउनु भयो ।  प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र टोलमा धुम्ति शिविर, सुविधायुक्त हस्पिटल र प्रत्येक नागरिकको स्वास्थय विमा कार्यक्रम अगाडि बढाएको ब्याञ्जुले बताउनु भयो । 
कार्यक्रम धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा चौलागाईले नगरले निर्वाचित भएर आएपछि सबै वडामा पक्की सडक, ५४ किलोमिटर सडक कालोपत्रे, स्वास्थ्य भवन, विद्यालय, पार्कहरु निर्माण गरिएको बताउनु भयो । 
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोतम सेढाई, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुर्ईटेल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, नगर स्वास्थ्य अधिकृत सरोज थापा, बुखुण्डोल आधारभुत स्वास्थ्य केन्द्र ईन्चार्ज हेमा संग्रौला लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र कर्मचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।