१ करोड ५६ लाखमा योगको आफ्नै भवन
बनेपा/पतंजली योग समिति काभ्रेको योग भवन निर्माण सम्पन्न भई विश्व विख्यात योग ऋृषि स्वामी रामदेव महाराज तथा आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण महाराजबाट समुद्घाटन हुने भएको छ ।
शनिबार विहान उक्त भवन समुद्घाटन हुने पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । २०६१ साल श्रावण महिनामा बनेपाको अरनिको सभा भवनबाट शुरु भएको यो अभ्यासलाई निरन्तरता दिन्दै पतंजलि योग पीठमा आबद्ध पश्चात योग साधकहरुले आफ्नै भवन निर्माण गरि सोहि भवनमा योग अभ्यास गर्न पाए निकै सहज हुने महसुस गरि तत्कालिन योग साधक स्व.चक्रमान बैदार, राम प्रसाद बैदार, राम बैदार, तुल्सीदास बैदार, घनानन्द बैदार, गणेशलाल रंजित तथा बनेपा नगर पालिकाबाटप्राप्त जग्गामा भवन निर्माण गर्न भवन निर्माण समिति गठन गरिएको अध्यक्ष हरिशरण श्रेष्ठले बताउनु भयो । जग्गा प्राप्त पश्चात काभ्रे जिल्लामा योग अभ्यास गर्ने हेतुले जिल्लाको बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, चौतारा मेलम्ची तथा भक्तपुरमा गरि २५ भन्दा बढी योग साधना केन्द्र संचालन गरि दैनिक हजारौं जनाले योग कक्षा तथा योग शिविर संचालन गरि योग स्वास्थ शरीर, स्वस्थ समाजको निर्माण गरि राष्ट्रप्रति नै योगदान पुरयाई पु¥याउँदै आएको छ ।
बनेपामा निर्माण भएको योग भवन जन सहभागितामा निर्माण भएको नेपालभरकै पहिलो योग भवन हो । २०७८ मंसिर ४ गते शनिबारका दिन स्वामी रामदेव तथा आचार्यबाट समुद्घाटन हुने भवन निर्माणको लागि ५ सय भन्दा धेरै संघ संस्था ब्यक्तिहरुले ४२ रुपैयाँ देखि लाखौं रुपैंयासम्म स्वतःस्फुर्त अर्थिक सहयोग प्रदान गर्नु भएको छ । जसमध्ये बनेपा नगरपालिकाले १३ लाख ८ हजार ८ सय ३८, ॐ बचत (योग साधकहरुको समूह) बाट १३ लाख, ग्रुवेन तौजलेबाट १० लाख १ रुपैयाँ, अरनिको योग केन्द्रबाट १० लाख ४० हजार ३० रुपैया, गणेशदास उलकबाट ४ लाख ४९ हजार १ सय ७६ रुपैयाँ, सरिता शाक्यबाट ३ लाख ६० हजार, उद्धव तिमल्सिनाबाट ३ लाख १ हजार १ सय ११, दमन कुमार श्रेष्ठबाट २ लाख ३२ हजार १ सय ११, पुर्णदेवी कायष्थबाट २ लाख १० हजार, सुरकृष्ण बैद्यबाट २ लाख ६ हजार ५ रुपैया, शम्भू दाहालबाट २ लाख १ हजार, अमृतलाल पलांचोकेबाट १ लाख १० हजार २ सय, अशोक भँडेलबाट १ लाख, भक्तिदेवी श्रेष्ठबाट १ लाख ४५ हजार ५ सय ११ रुपैया, बैजन्ती तौजलेबाट १ लाख, स्व.बद्रि रत्न शाक्यबाट १ लाख २० हजार, बनेपा क्षेत्र विकास कोष (कंचन चन्द्र वादे) बाट १ लाख १० हजार १ सय ६७, हरिशरण श्रेष्ठबाट १ लाख ५५ हजार ५ सय ५५, हिटलर शाक्यबाट १ लाख २९ हजार, हिमानी शाहबाट १ लाख, जिल्ला विकास समिति काभ्रेबाट १ लाख ७० हजार, कान्छाकुमार श्रेष्ठबाट १ लाख २० हजार १ सय २१ रुपैया, प्रकाशमान शाक्यबाट १ लाख १५ हजार ७ सय २०, मोहन बैद्यबाट १ लाख २१ हजार १ सय १२, पतंजलि आयुर्वेद केन्द्र प्रा.लि.बाट १ लाख ५० हजार, राम गोपाल कायस्थबाट १ लाख, डा.सुरेन्द्र बहादुर वादेबाट १ लाख ३२ हजार २ सय ३३, श्यामकुमार श्रेष्ठबाट १ लाख २१ हजार १ सय ११ र सुर्यरत्न शाक्यबाट १ लाख रकम उपलब्ध भएको छ ।
दान तथा सहयोगबाट भवन निर्माणका लागि १ करोड ४३ लाख ५० हजार २ सय ५ आर्थिक सहयोग संकलन भएको छ । योग भवन निर्माण गर्न १ करोड ५६ लाख ८० हजार २ सय ५३ खर्च भई निर्माण कार्य सम्पन्न भएको छ । बनेपा नगरपालिका, जग्गा दाता, संघ÷संस्था तथा जनसहभागिताबाट भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुको नामावली योग भवनको शिलापत्रमा लेखिएको छ ।





