2026 August 26/ 01:41: 55pm

    नेपाल सम्वत् ११४२ को अवसरमा काठमाडौं, भत्तपुर र ललितपुरबाट निकालिएको मोटरसाईकल -यालीलाई बनेपा नगरपालिकाले बनेपाको लायकु मञ्चमा स्वागत गरेको छ । 
    नगर प्रमुख लक्ष्मी नरसिंह बादेले ¥यालीमा सहभागीहरुलाई सगुन, टिका मार्फत स्वागत गर्नु भएको थियो । आफ्नो पहिचान र इतिहास जोगाउन नेवारी समुदायले नेपाल सम्वत्लाई विशेष कार्यक्रमका साथ मनाउँदै आएका छन् । सस्ंकृतिको संरक्षणमा सहभागीहरुलाई बनेपा नगरपालिकाले स्वागत गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । नेपाल सम्वत्लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाईसकेको अबस्थामा  बर्षमा एक दिन मात्र नभई यसको प्रचार प्रसार तिब्र पार्नु पर्ने बताउनु भयो । भावी पुस्तालाई आफ्नो भाषा, संस्कृति नेपाल भाषा सम्बन्धी बुझाउनु पर्ने नगर प्रमुख बादेले बताउनु भयो । कार्यक्रममा सहभागीलाई कार्यक्रम पश्चात खाना खुवाएर बिदाई गरिएको थियो । स्वागतमा वडा अध्यक्षहरू, कर्मचारी, ज्यासननी आमा समूह, स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । 

धुलिखेलमा पैदलयात्रा
    धुलिखेल नगरपालिका बजार आसपासमा नेपाल सम्बत ११४२ को अवसरमा आकाश भैरब क्लबको आयोजनामा पैदल यात्रा गरिएको छ । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले सबै क्षेत्रबाट आ–आफ्नो सँस्कृति र परम्परा जोगाउन सबै सक्रिय हुनु पर्ने बताउनु भयो । नगरपालिकाको सबै जातजातीको धर्म, सँस्कृतिको रक्षा गर्ने दायित्व रहेको नगर प्रमुख ब्यान्जुले बताउनु भयो । 
    त्यसैगरी श्रीखण्डपुरबासीले मोटर साईकल ¥याली निकाली धुलिखेल नगर परिक्रममा गरेको थियो । स्थानीयबासी भवसागर रञ्जितकारका अनुसार परम्परालाई जोगाउनु सबैको कर्तब्य रहेकाले ¥याली मार्फत संस्कृतिका बारेमा जानकारी गराईएको हो । विगत वर्षहरुमा समेत कार्यक्रमलाई निरन्तरता दिदै यो वर्ष पनि नयाँ वर्षमा श्रीखण्डपुर बाट बनेपा हँुदै धुलिखेल नगरपालिकाबाट पुनःश्रीखण्डपुर आएर मोटरसाईकल ¥याली समापन गरिएको थियो । धुलिखेल नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गंगासागर रञ्जितकारको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय हरिगोपाल प्रधानाङ्ग लगायतका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    त्यसैगरी नेपाल सम्बत् ११४२ को अबसरमा पनौती नेपाल र पनौती नेपाल महिला समुहको आयोजनामा पनौती भिन्तुना सम्पदा ¥याली निकालिएको छ । पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतित्थयतामा भएको उक्त कार्यक्रममा पनौती नगर विश्व सम्पदा सूचीमा समेटिन लागेको बताउनु भयो । हाम्रो नगरमा ऐतिहासिक १२ वर्षे मकर मेला आगामी माघ महिनामा लाग्ने भएकाले त्यसको तयारी नगरपलिकाले तिब्र पारेको नगर प्रमुख न्यौपानेले बताउनु भयो । नगर भित्रका विभिन्न संघ संस्थाहरुको सहयोग आवश्यक रहेको न्यौपानेले बताउनु भयो । नगरपालिकाले आवश्यक काम कारवाही गरिरहेकाले सबै क्षेत्रबाट उक्त कार्य सफल बनाउन लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा उप प्रमुख गिता बञ्जारा, नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारी, ७ नम्बर वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।