2026 August 26/ 01:42: 20pm

लक्ष्मण तिमल्सिना
बनेपा

    नेकपा एमालेलाई महाधिबेशनको चटारोले छोएको छ । वडा र पालिका अधिबेशन सम्पन्न गरेको एमाले काभ्रेले हिजो महाधिबेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेको छ । कार्तिक २७ गते शनिबार सर्वसम्मत रुपमा महाधिबेशन प्रतिनिधि छनौट भएको घोषणा गर्ने गरी एमाले काभ्रेले तयारी गरेको छ । संगठित सदस्यका आधारमा काभ्रेबाट ३४ जना प्रतिनिधि सहभागी हुन पाउनेछन् । ३४ जना प्रतिनिधिका लागि १ सय ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा समावेशी तर्फबाट उम्मेदवारी दिएकी गिता सुनुवार निर्विरोध भएकी छिन् । 
    नेकपा एमाले काभ्रेमा २२ हजार १ सय ६३ जना संगठित सदस्य छन् । नेकपा एमालेमा संगठित सदस्यको संख्या दोब्बर भन्दा धेरै भए पछि मापदण्डका आधारमा ३४ जना सहभागी हुन पाउने भएका हुन् । ९ हजार संगठित सदस्यको संख्या २२ हजार पुगेपछि केन्द्रिय मापदण्ड र विधान अनुसार महिला, दलित र खुल्लाबाट ३४ जना सहभागी हुने भएका हुन् । एमाले काभ्रेको बुधबार विहान बसेको पदाधिकारी बैठकले संगठित सदस्यका आधारमा प्रतिनिधिको संख्या तोकेको हो । अध्यक्ष अशोक ब्याञ्जुका अनुसार उम्मेदवारी दर्ता गरिएका प्रतिनिधिहरुबाट सर्वसम्मत बनाउने प्रयास गरिनेछ । 
    एमाले काभ्रेबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ९ हजार ६ सय ७८ जना संगठित सदस्य छन् । जसबाट खुल्ला प्रतिनिधि १० जना, महिला ४ जना र समावेशी १ जनाले सहभागिता जनाउन पाउनेछन् । विधानले महिलाको अनिवार्य ३३ प्रतिशत सहभागिता गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १२ हजार २ सय ७७ जना संगठित सदस्य रहेका छन् । निर्वाचन क्षेत्रबाट खुल्लामा १२ जना, महिला ५ जना र समावेशी २ जना सदस्य प्रतिनिधि छनौट हुनेछन् । 
    प्रतिनिधि बन्न योग्य र इच्छुक संगठित सदस्यहरुले उम्मेदवारी दर्ता गर्ने गरी एमाले काभ्रेको निर्वाचन कमिटीले मंगलबारबाट निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । मंगलबार नामावली प्रकाशन गरी बुधबार उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीका सदस्य एवं प्रवक्ता पूर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो । निर्वाचन कमिटीका अध्यक्ष महेश्वर जंगम, उपाध्यक्ष इश्वर शर्मा र सचिव यज्ञराज पाण्डेले निर्वाचन कमिटीले महाधिबेशन प्रतिनिधिको छनौट प्रकृया शुरु गरेको जानकारी दिनु भयो । बुधबार दर्ता भएका उम्मेदवारहरुको नामावली निर्वाचन कमिटीले सार्वजनिक गरेको छ । 
    महाधिबेशन प्रतिनिधिका लागि नेकपा माओवादी, राप्रपा र अन्य पार्टीबाट एमालेमा सहभागी भएका नेता तथा कार्यकर्ताहरुलाई समेत समेटेर सर्वसम्मत प्रतिनिधि छनौट गर्ने एमाले जिल्ला कमिटीको प्रयास भने चुनौती पूर्ण छ । नेकपा एमालेको विद्यानमा उल्लेख भए अनुसार विधानको धारा ६३ अनुसार योग्यता पुगेका संगठित सदस्यहरुले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सदस्यता भएको १० वर्ष पुगेको, महिला, जनजाति, समावेशी सदस्यको हकमा ७ वर्ष पुगेका ब्यक्ति महाधिबेशन प्रतिनिधि हुन पाउनेछन् । एमाले काभ्रेले प्रत्येक पालिकाबाट अनिवार्य एकजना रहने गरी मापदण्ड बनाएको छ । एमाले अध्यक्ष अशोक ब्याञ्जुले महाधिबेशनका लागि सर्वसम्मत विधीबाट प्रतिनिधि छनौटको प्रयास गर्ने नभए लोकतान्त्रिक विधिबाट महिला, समाबेशी, जनजाति र अन्य समुदायको प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनौट गर्ने बताउनु भयो । 
    काभ्रेबाट प्रतिनिधित्व गर्ने जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री केन्द्रिय सदस्य गोकुल बास्कोटाले प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्नु पर्ने छैन । केन्द्रिय सदस्यहरु स्वतः महाधिबेशन प्रतिनिधि रहने ब्यवस्था भएकाले बास्कोटाले प्रतिस्पर्धा गर्नु नपर्ने भएको हो । एमालेले विधान महाधिबेशन सम्पन्न गरिसकेकाले यो पटक नेतृत्व मात्रै चयन हुनेछ । एमाले फुटको असरसँगै एकताको महाधिबेशन भएको सन्देश दिन प्रतिनधिहरु सर्वसम्मत छनौटको प्रयास गरिएको एमालेले बताएको छ । यसअघि १ सय ३५ वटा वडा अधिबेशन सम्पन्न गरेको एमालेले १३ वटै पालिकाको अधिबेशन सम्पन्न गरेको छ । १२ वटामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेको नमोबुद्धमा भने पदाधिकारीमा निर्वाचन भएको थियो । रोशी गाउँपालिकामा हिजो बुधबारमात्रै गाउँ कमिटीको अधिबेशन सम्पन्न भएको थियो । अधिबेशनले देवसागर लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी गठन गरेको छ । 

महाधिबेशन प्रतिनिधिमा कस–कसको प-यो उम्मेदवारी ?
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १  (खुल्ला तर्फ )

१, चन्द्र बहादुर लामा, नमोबुद्ध न.पा.८
२, विक्रम चौलागाई, चौरी देउराली ८
३, संगम लामा, रोशी ८
४, रेशम बहादुर लामा, नमोबुद्ध १०
५, राकेश लामा, नमोबुद्ध १
६, राजन भुर्तेल, नमोबुद्ध ३
७, रामहरी सुबेदी, पनौती ७
८, सहदेब थापा, पनौती ८
९, बसुनारायण श्रेष्ठ, नमोबुद्ध २
१०, कृष्ण बहादुर बुढाथोकी, चौरी देउराली ५
११, केशव प्रसाद बडाल, धुलिखेल ११
१२, कृष्णचन्द्र आचार्य, नमोबुद्ध २
१३, जेनिश लामा(जेन), तेमाल ७
१४, टकं प्रसाद शर्मा, नमोबुद्ध २
१५, हरिशरण खरेल, चौरीदेउराली ८
१६, राम बहादुर पहरी, चौरीदेउराली ८
१७, साधुराम बडाल, धुलिखेल ८
१८, अरुण कुमार गौतम, चौरीदेउराली ५
१९, उपेन्द्र घिसिङ, चौरीदेउराली ३
२०, घनश्याम तामाङ, तेमाल ८
२१, राजन थापा, पनौती ९
२२, दिलिप घिसिङ, चौरीदेउराली ३
२३, बिदुर प्रसाद हुमागाँई, पनौती ९
२४, नारायण प्रसाद गौतम, चौरीदेउराली ६
२५, रेशम चौलागाँई, चौरीदेउराली ६
२६, देवसागर लामा, रोशी ९
२७, दिलिप तामाङ, रोशी ११
२८, हरी कुमार मैनाली, रोशी ६
२९, अमित लामा, रोशी १
३०, नारायण प्रसाद पाण्डे, तिमाल ६
३१, जिताराम लामा, चौरीदेउराली ७
३२, पूर्ण प्रसाद पाण्डे, नमोबुद्ध १
३३, चुडामणी गौतम, चौरीदेउराली ४
३४, संग्रामजीत लामा, तेमाल ७
३५, मान बहादुर गोले, खानीखोला ६
३६, उद्धब सापकोटा, पनौती ६
३७, हर्क बहादुर तामाङ, धुलिखेल १२
३८, शेखर लामा, खानीखोला ५
३९, सुदर्शन थापा, बेथानचोक ६
४०, कृष्ण खुलाल, खानीखोला ५
४१, टेक बहादुर थापा मगर, महाभारत ४
४२, ईन्द्रमान तामाङ, तेमाल ७
४३, रुप बहादुर योन्जन, महाभारत २
(महिला )
१., गोमा भुर्तेल, नमोबुद्ध ३
२, पवित्रा भुर्तेल, नमोबुद्ध ३
३, गीता बन्जारा, पनौती ४
४, कमला काफ्ले , धुलिखेल १२
५, डा. अम्बु भवानी कार्की, पनौती ८
६, शान्ता न्यौपाने, पनौती ८
७, पार्वती खरेल, चौरी देउराली ८
८, रुकमेणी गुरुङ, खानीखोला ६
(समावेशी )
१, गीता सुनुवार, धुलिखेल ११ (निर्विरोध निर्वाचित) 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २  (खुल्ला )
१., श्याम सुन्दर श्रेष्ठ, बनेपा ४
२, राम शरण दाहाल, बनेपा ३
३, राज कुमार सापकोटा, पनौती २
४, श्याम सापकोटा, बनेपा ४
५, नकुल प्रसाद पराजुली, भुम्लु १
६, अशोक व्यान्जु , धुलिखेल २
७, कुमार तिमल्सिना, बनेपा ९
८, राज कुमार श्रेष्ठ, पाँचखाल ७
९, कृष्ण प्रसाद तिमल्सीना, बनेपा ६
१०, शालिकराम पराजुली, मण्डन देउपुर ४
११, कंचन अधिकारी, पाँचखाल ४
१२, विष्णु बहादुर तामाङ, वेथानचोक ५
१३, रामशरण घिमिरे, बनेपा ११
१४, हरिशरण दाहाल, बनेपा ३
१५, लक्ष्मी नरसिंह बादे श्रेष्ठ, बनेपा ८
१६, टिकाराम लामा, भुम्लु ९
१७, नारायण बानिया, मण्डन देउपुर ८
१८, प्रेम लामा, भुम्लु २
१९, हरि खतिवडा, पाँचखाल २
२०, धावा लामा, धुलिखेल १
२१, तुल प्रसाद दाहाल, बनेपा ४
२२, अष्ट मान तामाङ, पाँचखाल १
२३, बेद प्रसाद तिमल्सिना, बेथानचोक ३
२४, राधाकृष्ण बस्ताकोटी, मण्डन देउपुर १
२५, उद्धव प्याकुरेल , पाँचखाल १०
२६, कुमार थापा, पनौती ११
२७, कुमार भट्टाराई, मण्डन देउपुर ११
२८, विदुर प्रसाद सापकोटा, मण्डन देउपुर ११
२९, विनोद गौतम, मण्डन देउपुर ६
३०, रामकृष्ण हुमागाई , पनौती २
३१, कृष्ण प्रसाद दाहाल, बनेपा ३
३२, मुक्ति विष्ट, बनेपा १०
३३, बलराम बजगाई, बनेपा ३
३४, केशवमणी पौड्याल, बनेपा ८
(महिला )
१., रीता गौतम (ढकाल), मण्डन देउपुर २
२, मैना दनुवार, पाँचखाल २
३, उन्नती के.सी, वेथानचोक २
४, बेली परियार, बनेपा २
५, भक्तकुमारी लामा, पाँचखाल १२
६, विमला कुमारी चौलागाई शर्मा, धुलिखेल ४
७, विमला सापकोटा, बनेपा
८, रेखा सापकोटा दाहाल, बनेपा ३
९, राममाया श्रेष्ठ, पनौती ३
१०, तुलसी पौडेल, मण्डन देउपुर ५
११, गिता नेपाल, मण्डन देउपुर ५
१२, शुभद्रा अधिकारी, पाँचखाल ३
१३, निर्मला शाहि, मण्डन देउपुर ८

(समाबेशी)
१, तेज नेपाली, बनेपा ४
२, केशवराज परियार, मण्डन देउपुर ६
३, खड्ग बहादुर पुरकोटी, मण्डन देउपुर 
४, ईन्दिरा मिजार, पाँचखाल १०
५, बालकृष्ण सार्की, मण्डन देउपुर ४
६, विष्णु बहादुर मिजार सागर, पाँचखाल १०