बनेपा/नेकपा एमाले काभ्रेले वडा र पालिका स्तरको अधिबेशन सम्पन्न गरेको छ । केहि वडा र पालिकामा कार्तिक १५ भित्रै अधिबेशन सम्पन्न हुने एमालेले बताएको छ । ७ वटा वडा र तीनवटा पालिकाको अधिबेशन हुन बाँकी छ ।
कार्तिक ६ गते वडा अधिबेशन सम्पन्न गरेको एमाले काभ्रेले कार्तिक ९ गते पालिका स्तरको अधिबेशन सम्पन्न गरेको छ । वडा र पालिकाका सबै कमिटीहरुमा एमालेले सर्वसम्वत नेतृत्व चयन गरेको छ । धुलिखेलमा दयाराम महत, पनौतीमा सुरेश हुमागाई, महाभारतमा जगत मोक्तान, चौरीदेउरालीमा जितराम लामा, पाँचखालमा विष्णुहरी पौड्याल, मण्डनदेउपुरमा शेरबहादुर डोटेल, भुम्लुमा कृष्णमान तामाङ, तेमालमा इन्द्रमान तामाङ, बनेपामा रत्नकुश रञ्जित अध्यक्षमा निर्विरोध भएका छन् । त्यस्तै नमोबु नगरपालिकामा भने पदाधिकारीका चारैवटा पदमा निर्वाचन भएको छ । कमिटीका कुनै पनि पदमा निर्वाचन भएन । सर्वसम्मत छानिएका कमिटीहरुलाई सोहि दिन सपथ गराईएको छ । रोशी, खानीखोला र बेथान्चोक गाउँपालिकामा भने कार्तिक १५ भित्रै पालिका स्तरको अधिबेशन हुने बताईएको छ ।
सोहि पालिकाहरुमा केहि वडाको अधिबेशन बाँकी रहेकाले पालिका अधिबेशन कार्तिक ९ गते हुन नसकेको एमाले अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । बेथान्चोक वडा नम्वर ४ को भोलि कार्तिक १२ गते र वडा नम्वर ६ का १३ गते वडा अधिबेशन हुँदैछ । रोशी गाउँपालिका वडा नम्वर ८ को पनि भोलि १२ गते अधिबेशन हुँदैछ । कार्तिक ६ गते हुन नसकेका केहि वडाहरुमा धमाधम अधिबेशन भईरहेका छन् । रोशी ३, खानीखोला ३ को कार्तिक ८ गते अधिबेशन सम्पन्न भएको छ भने चौरीदेउराली वडा नम्वर ९ को ९ गते, रोशी १० को हिजो १० गते वडा अधिबेशन सम्पन्न भएको छ । पाँचखाल ४ र बेथान्चोक २ मा कार्तिक ७ गते सम्पन्न भएको थियो । वडा अधिबेशनसँगै वडा कमिटी, प्रतिनिधि परिषद्, जनवर्गीय संगठनहरु सर्वसम्मत चयन भएका छन् ।
अधिबेशनको उद्घाटन सत्रमा धुलिखेल नगर कमिटीले भब्य ¥याली आयोजना गरेको थियो । धुलिखेलले आयोजना गरेको ¥यालीमा १२ वटै वडाका विभिन्न झाँकीहरु प्रस्तुत गरिएका थिए । धुलिखेलको सबै बजार परिक्रमा गरी सभामा परिणत भएको ¥यालीलाई एमाले केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, एमाले अध्यक्ष अशोक ब्याञ्जु, प्रदेश कमिटी सदस्य विमला शर्मा लगायतका नेताहरुले मन्तब्य राखेका थिए । पूर्व मन्त्री बास्कोटाले बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर र भुम्लु गाउँपालिकामा भएका अधिबेशनहरुलाई सम्बोधन गर्नु भएको थियो । संघीय संरचना पछिको पहिलो अधिबेशन भएकाले कार्यकर्ता र नेताहरुमा उत्साह भरिएको थियो । धुलिखेल एमालेले सोहि अवसरमा जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई सम्मान गरेको थियो । पनौती र धुलिखेलमा निर्वाचित अध्यक्ष सुरेश हुमागाई र दयाराम महत नेपाल पत्रकार महासंघका सदस्य हुनुुहन्छ । यसअघि नेपाली काँग्रेसको अधिबेशनमा पनि पत्रकारहरु कमिटीमा चयन भएका थिए । धुलिखेलमा चिनिमाया तामाङ, बनेपामा रोशनी उपाध्याय, भुम्लुमा उर्मिला बराईली उप सचिवमा चयन हुनु भएको छ । पदाधिकारीहरुमा महिलालाई प्राथमिकता दिएको छैन । वडा कमिटीमा पनि बनेपा ५ र बनेपा १४ मा महिला अध्यक्ष बाहेक अन्य वडाहरुमा महिलाहरु अध्यक्षमा निर्वाचित भएनन् । वडाका कमिटीहरुमा पनि पदाधिकारीमा पनि महिलाको सहभागिता कम छ । समावेशीताका आधारमा कमिटीहरुमा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व भएको एमालेले जनाएको छ ।
पालिकामा कसको नेतृत्व
धुलिखेल
अध्यक्षः दयाराम महत
उपाध्यक्षः निरोज खड्का
सचिव विष्णु धिताल (काभ्रेली)
उप सचिवः चिनीमाया तामाङ र कृष्णहरि कोइराला
पाँचखाल
अध्यक्षः विष्णुहरी पौडेल
उपाध्यक्षः भरतप्रसाद सापकोटा
सचिवः प्रकाश ब्लोन
उप सचिवः राधाकृष्ण श्रेष्ठ
र नविन लामा
पनौती
अध्यक्षः सुरेश हुमागाई
उपाध्यक्षः हरिशरण सुर्यवंशी
सचिवः सन्तोष केसी
उप सचिवः राजेन्द्र थापा
र राजकुमार सापकोटा
मण्डनदेउपुर
अध्यक्षः शेरबहादुर डोटेल
उपाध्यक्षः जितबहादुर तामाङ
सचिवः तुलसी नेपाल
उप सचिवः सुमन नेपाल र
राममणी सापकोटा
बनेपा
अध्यक्षः रत्नकुश रञ्जित
उपाध्यक्षः नवराज मानन्धर
सचिवः श्रीधर पराजुली
उप सचिवः रोशनी उपाध्याय र केदार दाहाल
महाभारत
अध्यक्षः जगतमान मोक्तान
उपाध्यक्षः उमेश थापा
सचिवः गणेश यस्माली
उपसचिवः चन्द्र पुलामी र कुलध्वज योञ्जन
चौरीदेउराली
अध्यक्षः जितराम लामा
उपाध्यक्षः डम्बरबहादुर लामा
सचिवः बलराम ढुंगाना
उप सचिवः टेकबहादुर मोक्तान र निरन्जन कँडेल
भुम्लु
अध्यक्षः कृष्णमान लामा
उपाध्यक्षः लोकबहादुर कुँवर
सचिवः छत्र श्रेष्ठ
उप सचिवः उर्मिला बराईली र चन्द्रबहादुर लामा
तेमाल
अध्यक्षः इन्द्रमान तामाङ
उपाध्यक्षःसिंहबहादुर दोङ्ग
सचिवः च्याङ्गवा तामाङ
उप सचिवः सुकुमान तामाङ र सुरेन्द्र तामाङ
१ सय ३५ वडाका अध्यक्षहरु
धुलिखेल नगरपालिकाः वडा नम्वर १) ज्ञान वहादुर तामाङ २) अर्जुन न्यौपाने ३) हिरा वहादुर तामाङ ४) आशिस थापा ५) सप्तलाल श्रेष्ठ ६) रमण श्रेष्ठ ७) सुवास श्रेष्ठ ८) राम वाइवा तामाङ, ९) राम हुमागाईं १०) देवराज शाह ११) मन्दिप गौतम १२) विर वहादुर तामाङ
बनेपा नगरपालिकाः वडा नम्वर १) कमल प्रसाद घिमिरे २) शालिकराम घिमिरे ३) राजु वजगाईं ४) नविन श्रेष्ठ ५) समिता थापा ६) राजेन्द्र थापा ७) वर्ण शाक्य ८) श्याम मानन्धर ९) विक्रम प्रजापती १०) पवन केसि ११) जयराम गिरी १२) वुद्धिनाथ वाग्ले १३) रामलाल दुवाल १४) निर्मला तामाङ
पनौती नगरपालिकाः वडा नम्वर १) उद्धव सापकोटा २) केशव हुमागाईं ३) विष्णु प्र सापकोटा ४) दिपक दाहाल ५) कुमार केसि ६) कुमार वस्नेत ७) हरिकृष्ण सैंजु ८) नकुल वहादुर खत्री ९) उद्धव थापा १०) धर्म लाल श्रेष्ठ ११) नवराज थापा १२) इश्वर जंगम
मण्डनदेउपुर नगरपालिकाः वडा नम्वर १) कुमार ढकाल २) रामहरि तिमल्सििना ३) भोलानाथ वजगाईं ४) मैते सिं. तामाङ ५) हर्क वहादुर तामाङ ६) इन्द्रभक्त श्रेष्ठ ७) विष्णु पौडेल ८) सरोज पौडल ९) हिराकाजि तामाङ १०) रामचन्द्र नेपाल ११) मुकुन्द सापकोटा १२) रमेश पराजूली
पाँचखाल नगरपालिकाः वडा नम्वर १) रेशम लामा २) भरत पोखरेल ३) बाबुकाजी अधिकारी ४) राधेश श्रेष्ठ ५) मदन ढुंगाना ६) बरुण ढुंगाना ७) श्रवण बोलखे ८) दिनेश लामा ९) रामकाजी श्रेष्ठ १०) केदार घिमिरे ११) राम लामा १२) गोपाल ब.दनुवार १३) जनकराज तामाङ
नमोबुद्ध नगरपालिकाः वडा नम्वर १) प्रेम प्रसाद सत्याल २) कान्छामान लामा ३) रोहिणि प्रसाद अधिकारी ४) सुरेन्द्र चिमौरिया ५) लालकाजि लामा ६) भरत न्यौपाने ७) प्रताप लामा ८) शेर व. तामाङ ९) ज्ञान व.लामा १०) शिव वस्नेत ११) भवमान स्याङ्तान
चौंरी देउराली गाउ“पालिका ः वडा नम्वर १) सुनिल लामा २) छत्र वहादुर प्रधान ३) कृष्ण प्र.चौलागाइँ ४) वद्री प्रसाद गौतम ५) मिन प्रसाद फुयाँल ६) डिल्लि चौलागाईं ७) वल वहादुर तामाङ ८) सुरज पन्त
भुम्लु गाउ“पालिका ः वडा नम्वर १) विष्णु लामा २) विर वहादुर भण्डारी ३) ज्ञानु लामा ४) जस्विर तामाङ ५) रामकुमार खड्का ६) प्रेम व.श्रेष्ठ ७) रमेशराज खरेल ८) एकराज श्रेष्ठ ९) चिरञ्जीवी पराजुली १०) गोपाल तामाङ
महाभारत गाउ“पालिकाः वडा नम्वर १) दिलदाश श्रेष्ठ २) जनक वहादुर मेक्तान ३) हरि अस्तानी ४) दोस ब.जर्गा ५) अजय थिङ ६) कुमार सिं लामा ७) अम्बर बहादुर श्रेष्ठ ८) प्रविन दर्लामी खानीखोला गाउँपालिकाः वडा नम्वर १) आशाराम गोले ३)रामबहादुर पुलामी ४) कृष्ण व.लोप्चन ६) चन्द्र वहादुर थोकर ७) राम ब. मोक्तान
बेथान्चोक गाउपालिकाः वडा नम्वर १) डण्ड प्रसाद दाहाल २) विष्णु प्र. सापकोटा ३) राम प्र. तिमल्सिना
तेमाल गाउ“पालिकाः वडा नम्वर १) इन्द्र अधिकारी २) विरनन्द लामा ३) नेत्र वहादुर तामाङ ४) धन लाल तामाङ ५) विवेक तामाङ ६) पाल्देन लामा ७) खुसराज लामा ८) औलथ सिं लामा ९) वुद्धराज लामा
रोशी गाउ“पालिकाः वडा नम्वर १) कर्ण वहाुर लामा २) लाल वहादुर लामा ३) इन्द्रबहादुर लामा ४) मेक लामा ५) योगचन्द्र लामा ६) विकास लामा ७) माधव अधिकारी ९) हरि चितौरिया ११) धावासाङ लामा





