धुलिखेल/कार्तिक ३ गते बुधबार दिउँसोसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख ८८ हजार ८ सय ९१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका लक्षित समुहका नागरिकहरुलाई शतप्रतिशत खोप लगाउने गरी अभियान संचालन भईरहेको बताउनु भएको छ ।
पूर्ण खोप लगाउनेको संख्या १ लाख ४८ हजार ८ सय ४९ रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा कोभिशिल्ड, भेरोसिल र जेन्सन एण्ड जेन्सन खोप लगाईएको छ । कोभिशिल्ड लगाउनेहरुको संख्या ५३ हजार ८ सय २४ रहेको छ भने भेरोसिल लगाउनेहरुको संख्या २ लाख ६३ हजार ५४ रहेको छ । जेन्सन एण्ड जेन्सन लगाउनेहरुको संख्या २० हजार ८ सय ६२ रहेको छ । जिल्लामा ३ लाख ३७ हजार ७ सय ४० डोज खोप लगाईएको छ । जिल्लामा खोप लगाउनेहरुको लक्षित जनसंख्या २ लाख ६६ हजार ३ सय ७८ रहेको छ । डा. झाका अनुसार कार्तिक भित्र काभ्रेपलाञ्चोक जिल्लालाई कोरोना विरुद्धको पूर्ण खोप भएको जिल्ला घोषणा अभियान शुरु गरिएको छ । अहिल पालिका स्तरमा सबै नागरिकहरुलाई अनिवार्य खोपको ब्यवस्था गरिएको छ । अशक्त, अपाङ्ग र जेष्ठ नागरिकहरु जो खोप केन्द्रसम्म आउन सक्दैनन उहाँहरुका लागि घर घर पुगेर खोप लगाउने कार्यक्रम शुरु गरिएको छ ।
कोभिडका कारण जिल्लामा २ सय ६८ जना ब्यक्तिको निधन भएको छ भने काभ्रे जिल्लाका मात्रै १ सय ९२ जनाले ज्यान गुमाएका छन् । अन्य जिल्लाका ७६ जना काभ्रेपलाञ्चोक जिल्लामा उपचारको क्रममा निधन भएको छ । संक्रमित हुनेहरुको संख्या जिल्लामा १४ हजार ६ सय ९१ पुगेको छ । असोज ३० गतेसम्मको तथ्याङ्कमा निधन हुनेहरुको संख्या कम भएको छ । चौरीदेउराली, रोशी, महाभारत र खानिखोला गाउँपालिकामा यतिबेला कोरोना संक्रमितका विरामी छैनन । सबै भन्दा धेरै बनेपामा, बनेपा पछि धुलिखेल, पाँचखाल, नमोबुद्ध र धुलिखेलमा पनि सक्रिय संक्रमित छन् ।





