2026 August 26/ 12:58: 15pm

बनेपा/बनेपा नगरपालिका वडा ८ मा रहेको कोशीको गणेश मन्दिर, मैत्री बोधिसत्व चैत्यको पुनर्निर्माण सम्पन्न भएको छ । 
मन्दिरको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले गर्नु भएको थियो । बादेले नगरले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताउनु भयो । संस्कृति र मठ मन्दिर जोगाउनु नगरको कर्तब्य भएको बादेले बताउनु भयो । नगरमा सबै जातजाती धर्म मान्ने नगरबासी भएकाले सबै धर्मको रक्षा गर्ने बादेले बताउनु भयो । भौतिक विकाससँगै नगरका पुराना धारा कुवा, ईनार, पोखरीको संरक्षण गरेको बताउनु भयो । कार्यक्रममा  बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार, समाजसेवी रत्नकुश रञ्जित लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा मन्दिर उपभोक्ता समितिका अध्यक्ष बद्री प्रसाद मानन्धरले नगरपालिका बाट १० लाख र उपभोक्ता बाट ३ लाख ९० हजार गरी १३ लाख ९० हजारमा निर्माण सम्पन्न भएको बताउनु भयो । मन्दिरहरुको उद्घाटनसँगै मन्दिरमा यज्ञ पुजा र गजुर समेत राखिएको मानन्धरले बताउनु भयो ।