2026 August 25/ 07:55: 49pm

    बनेपा/प्रमुख सत्तासिन दल नेपाली काग्रेसको महाधिवेशन प्रक्रिया अघि बढे संगै यस अघि काँग्रेसमा समाहित भएको तत्कालिन लोकतान्त्रिक फोरमका नेताहरुको हैसियत जोगाउन धौ–धौ परेको छ । यसै सन्दर्भमा फोरमबाट काँग्रेसमा समाहित भै काभ्रेमा स्थापित नेता हुने रणनीतिमा लागेका गुण्डा नाईके गणेश लामा यो अधिवेशनबाट बाहिरिने सम्भावना बढेको छ । 
    १८ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको काभ्रे काग्रेसभित्र समाहितको नाममा आफ्नो तर्फ जिल्लाभर ७ सय ६८ भन्दा कम क्रियाशिल सदस्यको हैसियत राखेका लामा यस अघिको निर्वाचनमा प्रदेशसभा निर्वाचनका उमेदवार थिए । काँग्रेस केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईको सहयोगमा प्रदेशसभा उम्मेदवारको टिकट पाएका लामा अहिले गुट परिवर्तन गरि जिल्ला सभापति मधु आचार्य समुहमा छन् । अधिवेशन प्रक्रिया अघि बढेसँगै क्रियाशिल सदस्यको हिसाबले हुमागाई समुह बलियो रहेको काभ्रे जिल्लामा कमजोर समुहसँग मिलि लामा काँग्रेसभित्र आन्तरिक विभाजन गरि आफु नेताको रुपमा स्थापित हुने दाउमा छन् । अधिवेशनमा लामाको यो दाउ असफल प्राय हुने निश्चित देखिन्छ । 
    क्रियाशिल सदस्यता विवादका कारण अन्य २० जिल्ला जस्तै काभ्रेको पनि अधिवेशन प्रभावित भयो । नयाँ कार्यतालिका अनुसार असोज ५ गते वडा अधिवेशन गर्न लागेको काग्रेसले काभ्रेको क्रियाशिल विवाद टुङ्गाएको छ । क्रियाशिल सदस्यको सुची सार्वजनिक भने अन्य जिल्लासंगै गर्ने केन्द्रिय निर्वाचन समितिले जनाएको छ । क्रियाशिल सदस्यता विवादका कारणले अधिवेशन रोकिएको भनिए पनि काभ्रेको क्रियाशिलको खास विवाद के हो भन्ने बारेमा आम काँग्रेसका कार्यकर्तानै अनविज्ञ छन । क्रियाशिल सदस्यता विवादबारे काभ्रे काँग्रेस भित्र गुट उपगुट वीच आरोप प्रत्यारोप मात्र हैन नेता नेता बीचको पानी बाराबारको अवस्था आएको छ । साथै क्रियाशिल सदस्य थपघट गर्न जिल्लाका जिम्मेवार नेताहरुले केन्द्रिय कार्यालयका सचिव केशव रिजालको हस्ताक्षर किर्ते गरेको समेत सार्वजनिक भएको छ । काभ्रेको क्रियाशिल सदस्यता विवाद के हो भन्ने बारेमा नेताहरुले प्रष्ट रुपमा नबुझाए पनि काग्रेसमा समाहित भएको तत्कालिन लोकतान्त्रिक फोरमका नेता गणेश लामाको फेस सेभिङ गर्न खोज्दा विवादले उग्र रुप लिएको पाइएको छ । 
    फोरम काँग्रेसमा समायोजन भएपछि पछि शुरुमा तत्कालीन फोरमबाट जिल्लामा ८ सय ७२ जना क्रियाशिल सदस्य बनाउने भनी प्रस्ताव आएको थियो । यो प्रस्तावमा काभ्रे काँग्रेसका सभापति मधु आचार्यको सभापतित्वमा तत्कालिन काँग्रेस र फोरमका क्षेत्रीय सभापतिहरु समेत बैठकले स्थानिय तहको कमिटीसँग समन्वय गरि पार्टी केन्द्रिय कार्यालय पठाउने निर्णय भएको थियो । साथै ८ सय ७२ जना नै पार्टीमा छन् वा छैनन् अथवा कति जनाले पार्टी छोडे, कतिजना अन्य पार्टी प्रवेश गरे र यी मध्ये कति जिवित छन, कतिको मृत्यु भयो भन्ने विस्तृत विवरण पठाउन केन्द्रले जिल्लालाई पत्राचार पनि गरेको थियो । काँग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले जानकारी दिए अनुसार काँग्रेस काभ्रेका सभापति र फोरम काभ्रेका सभापति सहित सयुक्त बैठक बसि छानविन गर्ने केन्द्रले दिएको म्याण्डेट अनुसार बुझदा प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत पर्ने बनेपा नगरपालिका क्षेत्र भित्र फोरमको ८ सय ७२ मध्य १ सय ४ जना सदस्य रहेको पाइएको थियो ।  यो १ सय ४ जनाको नाममा पछि प्रतिनिधिसभा क्षेत्र नं १ मा अरु मानिसको नाम राखेर पाठाइयो । यो किर्ते सम्बन्धि उजुरी प¥यो । उजुरी गर्ने प्रतिनिधिसभा क्षेत्र नं २ हो । यो उजुरी बारे केन्द्रले निर्णय गदै भनेको छ– केन्द्रबाट जिल्लामा पठाइएको सुचीमा केशव रिजालको हस्ताक्षर किर्ते भएको १ सय ४ जनाको नामलाई बदर गरि अरुलाई कायम गर्ने । जिल्ला नेतृत्वले किर्ते गरेर थपेको नाम केन्द्रले हटाएइदिए पछि एक पक्ष शसंकित भए । 
धेरै विवाद भएको पनौती नगरपालिका वडा नं ५ मा पनि मृत्यु भएको, विदेश गएको र स्वदेशमै भएपनि नविकरण गर्न नआएको नाममा नयाँ मानिसको नाम हालेर नविकरण गर्न पठाएपछि विवादले उग्र रुप लिएको हो । काभ्रे क्षेत्र नम्बर १ मा अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका ५४ जनाको नाम हटाएको विषयले पनि जिल्लामा चर्चा पाएको छ । २०७५ सालमा केन्द्रको माग अनुसार पठाइएको ५४ जनाको नामको फारम २०७८ साल असार अन्तिममा मात्र ल्याइएपनि २०७५ सालमा केन्द्रले निर्णय गरेको मानिसलाई क्रियाशिल नदिएर अन्य मानिसको नाम पठाएपछि विवादले झन उग्र रुप लियो । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितिले २०७५ सालमा ५४ जनालाई क्रियाशिल दिने निर्णय गरेको थियो । 
    राप्रपाबाट समायोजन भएको क्रियाशिल सदस्यको हकमा पनि यस्तै किर्ते भएपछि काभ्रेमा विवाद बढेको पाइन्छ । काभ्रे काँग्रेसमा जिल्लाभरी लोकतान्त्रीक फोरमबाट आएको ८ सय ७२ मध्य १ सय ४ जनाले सदस्यता नपाउने भएपछि बाँकी ७ सय ६८ रहन्छन् । जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता १८ हजार भन्दा बढी छ । जारी अधिवेशनमा १८ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको काभ्रे काँग्रेसमा ७ सय ६८ सदस्य रहेको तत्कालिन लोकतान्त्रिक फोरमले कुनै पनि पदमा जिम्मेवारी पाउन सक्ने सम्भावना नरहेपछि काँग्रेस भित्रै एक गुट सँग मिलेर काँग्रेस फुटाउ अभियानमा फोरमका नेता गणेश लामा लागिपरेको काभ्रे काँग्रेस भित्र आरोप छ । हुमागाई निकट एक नेताले जानकारी दिए अनुसार गुण्डा नाइकेको उपनाम पाएका लामालाई जिल्लामा राजनीतिक नेता बनाउने प्रयास सफल हुन नसकेको भन्दै यो अधिवेशनमा लामा र उनको समुहले कुनै पनि पदमा जित्न नसक्ने दाबी गरेका छन् । 
जिल्लामा दुई, बाहिर चार गुट
    काँग्रेसको अधिवेशन प्रक्रिया अघि बढेसँगै जिल्लामा गुट उपगुट साँघुरिदै गएको छ भने जिल्ला बाहिरको गुट उपगुट बढ्दै गएको छ । काँग्रेस भित्र मुख्य गरि तीन गुट सक्रिय छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्ण प्रसाद सिटौला गुट । अहिले उपसभापति विमलेन्द्र निधिको गुट तयार हुँदैछ । साथै प्रभावशाली नेताहरुको थप उपगुट पनि सक्रिय छ । काभ्रेमा भने काँग्रेसको दुई गुट मात्र एकिकृत छन् । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति मधु आचार्य गुट । देउवा, पौडेल, सिटौला, निधि चारै गुटका जिल्ला स्तरिय नेताहरु हुमागाई र आचार्य गुटमै समाहित छन् । हुमागाई सिटौला गुटका नेता हुन् भने आचार्य पौडेल गुटका नेता हुन । देउवा गुटका तिर्थ लामा हुमागाई गुटमा छन् भने नीधि गुटका नेता महेश खरेल आचार्य गुटमा छन् । प्रकाशमान गुटका नेता कञ्चन बादे पनि आचार्य गुटमै छन् । विजयकुमार गच्छेदार गुटका गणेश लामा पनि अहिले आचार्य गुटमै छन् ।