2026 August 25/ 10:32: 01am

    मण्डनदेउपुर/राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा लाईट फर द वल्र्डको साझेदारीमा आईसिसिओ पार्ट अफ कोर्डेडको समन्वयमा काभ्रेको जिरोकिलोमा अपाङ्गता समावेशी हाम्रो कफि परियोजना अन्र्तगत दुई दिने परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका अपाङ्गता संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाहिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य मिना भुषाल पाठक, देवु पराजुली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख निर्मला शाहिले अपाङ्गता भएका ब्यक्तिहरुको लागि कृषि तथा अन्य कार्यक्रममा प्रोत्साहन आवश्यक रहेकाले नगरपालिकाले त्यहि कार्यक्रम समायोजन गरेको बताउनु भयो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका लागि अपाङ्गता मैत्री संरचना निर्माण, यन्त्रहरुको प्रयोग र सहजता आवश्यक भएको बताईएको थियो । उक्त परियोजना सिन्धुपालचोकको मेलम्ची नगरपालिका वडा नम्वर १ र मण्डनदेउपुर नगरपालिकामा संचालन भएको छ ।