2026 August 24/ 08:50: 45am

    बनेपा/बनेपामा पसल ब्यवसाय गरेर बसेका कमल घिमिरेले २०७८ असार २ गते श्रीमती मनिषा र छोरा युवानलाई योजनाबद्ध रुपमा मारेपछि पक्राउ परेका थिए । अनुसन्धान पछि उनलाई अदालतले पुर्पक्षमा राख्ने फैसला सुनायो । तर कमल धुलिखेल कारागारमा बस्न रुचाएनन् । आफन्तहरु भेट्न आउने डरले अन्यत्र कारागारमा बस्न माग गरे अनुरुप काठमाडौ सरुवा भए । मुद्दा फैसला भए पछि उनले रुकुम वा रोल्पामा पठाईदिन अनुरोध गरेका छन् । 
    प्रेम गरेर विवाह गरेको श्रीमतीसँग एक वर्ष देखि कमलको सम्वन्ध राम्रो थिएन । बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित बानियाँ टोलमा १० महिना अघि डेरा सरेका थिए कमल । मनिषासँग झगडा भए पछि नजिकै होटलमा गएर एकै पटक ७ वटा चुरोट खाएर फर्किएको खुलेको छ । होटलबाट फर्किएर ओछ्यानमा सुतिरहेका मनिषा र युवानलाई सिरानीले नाक मुख थुनेर श्वास फेर्नै नदिई मारेको बयान दिएका छन् । मारेर पनि उनिहरुसँगै रातभर सुतेको कमलको बयान छ । असार ३ गते विहानै सुत्ने कोठामा ताल्चा लगाएर कमल पसल खोल्न भन्दै निस्किएका थिए । दिनभर आफन्तले मनिषा र युवानको खोजविन गर्दा समेत नभेटेपछि कमलले नै उनिहरुलाई मारेको आशंकामा खोजविन हुँदा पनि कमल आफै अगाडी लागेका थिए । बनेपाको नाला दोबाटो भित्र पुगे पछि कमल मोटरसाईकलबाट ओर्लेर भागेका थिए । असार २ गते राति नै उनिहरुलाई मारेर कोठामा ताल्चा लगाएर राखेको पक्राउ परे लगत्तै उनले बताएका थिए । तर उनलाई प्रहरीले पक्राउ गरे लगत्तै भोमिट गरे पछि अस्पताल पु¥याएको थियो । केहि दिनको उपचार पछि उनि डिस्चार्ज भएका थिए । 
    प्रहरी हिरासत भित्रै उनले पटक पटक आत्महत्याको प्रयास गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । श्रीमती र छोरालाई मारेर २४ घण्टा शव भित्रै सुतेका युवकले पछि आफै औषधी सेवन गरेर बाँचेका थिए । डाक्टरहरुले उसले जतिबेला पनि आत्महत्या गर्न सक्ने भएकाले निगरानी बढाउन अनुरोध गरेका थिए । भारतको आसाममा प्रेम विवाह गरी धुलिखेल फर्किएका कमलको अर्की युवतीसँग गहिरो प्रेम थियो । 
    चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गलाई मारेर पुर्ने श्रीमान २८ बर्षिय सोनाम लामालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । मारेर गाडिएको अवस्थामा सुमिनाको शव प्रहरीले उत्खनन गरी अनुसन्धान गरेको थियो । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान् २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा थिए । अदालतले ससुरा चन्द्रबज्र लामालाई तारेखमा छाडेको छ । साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहँु जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो । अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । 
    सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो । माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । दिउसै कुटपिट पछि मरेकी श्रीमतीलाई साँझसलको पासो लगाएर झुण्डिएको जस्तो बनाएर र सोनामले घर परिवारलाई खबर गरेका थिए । आफै परेको देखाउन तत्कालै पासो काटियो । प्रहरी र आफन्तलाई खवर नगरी पारिवारीक सल्लाहमा घर भन्दा तल आफ्नै मकै बारीमा खाल्डो खनी गाडिदिए । आफै श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई सोनामले अनुरोध गर्दै आएका थिए । त्यस्तै अदालतले हाडनातामा जर्बजस्ति करणी गर्ने आफन्तलाई जेल चलान गरेको छ । तर डेड वर्ष अघि आफ्नै बहिनीलाई ९ वर्षको उमेर देखि लगातार जर्बजस्ति करणी गर्ने युवकका आफन्तले मुद्दा सारेको सा¥यै छन् । नक्कली हाजिरी बनाएर बुझाएको उनको परिवारले मुद्दाको पेशीको दिन नयाँ कानुन ब्यवसायी नियुक्ती गरी मुद्दा सारिरहेका हुन् । न्यायिक समितिका सदस्यको समेत उक्त घटनामा आरोपित युवक जोगाउन मिलेमत्तो छ ।