2026 August 23/ 11:42: 31pm

बनेपा/बनेपा नगरपालिकाको  विभिन्न शाखामा कार्यकरत अनिर्वाय÷स्वैच्छिक अबकास भएका  कर्मचारीहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । 
नगर प्रमुख लक्ष्मी नरसिङ बादेले कर्मचारीहरुले काम गर्दा पछि सम्म नागरिकहरुले सम्झने गरी काम गर्नु पर्ने बताउनु भयो । कर्मचारिहरुले नागरीकहरलाई दुखी नभई खुशी बनाई सेवा दिनु पर्ने बताउनु भयो । कुनै पनि कर्मचारीहरुले सेवाग्राहीहरुलाई छिटो भन्दा छिटो सेवादिई उत्कृष्ट कर्मचारी बन्न सुझाब दिनु भयो । नगरपालिका बाट विदाई भई जाने कर्मचारीहरलाई अझै आफ्नो समय समाजिक कार्यमा लगाई सेवा गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासयि अधिकृत, कविराज उप्रेति, वडा अध्यक्ष तथा नगर प्रवक्ता श्याम सुन्दर श्रेष्ठ बरिष्ठ राजश्व प्रमुख धुव्रराज नेपाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । विदाई हुने कर्मचारीहरुलाई मायोको चिनो र प्रसंसा पत्र प्रदान गरिएको थियो ।