2026 August 23/ 10:39: 41pm

एकैदिन २४६७ को परिक्षण, ४ सयलाई निःशुल्क औषधी
    भुम्लु/नागरिकहरुकै सेवाका लागि खोलिएको हजुरलाई नमस्ते परोपकारी संस्थाले लगातार ९ वर्ष देखि भुम्लु गाउँपालिकाका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवाका साथै औषधी उपलब्ध गराउँदै आएको छ । यो वर्ष पनि उक्त संस्थाले भुम्लुको चौवासमा आयोजित कर्यक्रममा स्थानीयहरुलाई निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी उपलब्ध गराएको छ । 
    ‘एकातिर कोरोनाको छट्टपट्टि र महामारीले सर्वसाधारण अस्पतालसम्म जान सक्ने अवस्था रहेन, अर्काे तिर अस्पताल पुगेका नागरिकहरुले पनि सहज र सरल ढंगबाट सेवा प्राप्त गर्न सकेनन’–संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले भन्नुभयो–‘महामारी हुनु अगावै पनि हरेक नागरिकहरुको अस्पतालसम्म सहज पहुँच थिएन र छैन पनि । सोहि अवस्थालाई मध्यनजर गर्दै हरेक वर्ष सोहि क्षेत्रमा औषधी वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्दै आएका छौं । यो ९ औ वर्ष हो ।’ शुक्रबार आयोजित शिविरमा भुम्लु गाउँपालिकाका अलावा चौरी देउराली गाउँपालिकाका नागरिहरुको समेत सहभागिता रहेको थियो । हजुरलाई नमस्ते टे«ड लिंक प्रालीको प्रायोजनमा उक्त संस्थाले विशेष स्वास्थ्य शिविरको आयोजना गरी ४ सय जनालाई निःशुल्क औषधी वितरण तथा सरससफाई सम्वन्धी सामाग्री उपलब्ध गराएको अध्यक्ष ताराबहादुर कुँवरले बताउनु भयो । 
    विशेष स्वास्थ्य शिविरमा २ हजार ४ सय ६७ जना नागरिकहरुले लाभ लिएका छन् । विशेषज्ञहरुको टोलीले महिलासँग सम्बन्धित रहेका विभिन्न रोगहरको परिक्षण गरेको थियो भने निःशुल्क औषधी उपलब्ध गराएको थियो । त्यस्तै सामान्य परिक्षण तथा अन्य खालका रोगहरुको पनि परिक्षण गरिएको थियो । शिविर पछि आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्थानीय सरकारले नागरिकहरुको सुखदुःखमा साथ दिईरहेको सन्दर्भमा थप सेवा तथा स्वास्थ्य सामाग्री उपलब्ध गराई नागरिकहरुलाई लाभान्वित गराएकोमा धन्यवाद दिनु भएको थियो । नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य कुमार थापाले मानविय संवेदना जोडिएको स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याई नागरिकहरुलाई लाभ दिएकोमा धन्यवाद दिनु भयो । 
    कार्यक्रममा अध्यक्ष ताराबहादुर कुँवरले नागरिक प्रतिको उत्तरदायित्व बहन गर्दै भुम्लु र आसपासका नागरिकहरुलाई हरेक वर्ष स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भएको थियो । स्वास्थ्य सेवा लिन घण्टौ हिडेर नागरिकहरु भुम्लु चौबास आईपुगेका थिए ।